संगालोखबर सम्वाददाता

धनकुटा, २८ चैत । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ फलामेटारमा टाटासुमो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । डाँडाबजारबाट छिन्ताङ जाँदै गरेको को.१ ज.२९८२ नम्बरको टाटासुमो जीप मंगलवारसाँझ दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी साँगुरीगढी–५ डाँडाबजारका १३ वर्षीय ऋषी बराईली, १६ वर्षीय पुजन वि.क. र १७ वर्षीय पुकार वि.क. गंभीर घाईते भएका छन् । ४ जनाको अवस्था सामान्य रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिए ।

दुर्घटनामा परि घाईते भएका जीप चालक पूर्णप्रसाद तामाङको स्थानीय बिश्रान्ति क्लिनिकमा उपचार भईरहेको छ । उनी प्रहरीको निगरानीमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!