छिरिङ शेर्पाको हत्या आरोपी पक्राउ
काठमाडौँ, १८ फागुन। महानगरीय प्रहरी परिसर काठमाडौँले सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पाको हत्याका अभियोग लागेका विकास तामाङलाई आज बिहान पक्राउ गरेको छ ।
परिसरबाट खटिएको टोलीले अभियुक्त सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्ने १८ वर्षीय तामाङलाई बिहान ७ः३० बजे चाबहिलबाट पक्राउ गरेको हो । अभियुक्त तामाङले पुरानो रिसइबीका कारण विवाद भएपछि शेर्पालाई बिहीबार बेलुका ८ः४० बजे ध...






























