- संगालोखबर सम्वाददाता

धनकुटा, २८ चैत । धनकुटामा सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १७ स्वर्ण पदकसहित ५ रजत जितेर भानु माध्यमिक विद्यालय जिल्ला प्रथम भएको छ ।

कपर्टी, एथ्लेटिक्स, महिला भलिवल, पुरुष भलिवल लगायत खेलमा प्रथम हुदै भानु मा.वि.डाँडाबजार प्रतियोगितामा बिजयी बनेको हो । भानु मा.वि.ले यो सँगै लगातार चौथो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो ।

Advertisement

त्यसैगरी ५ स्वर्ण, ७ रजत र ५ काश्य पदकसहित कुरुलेतेनुपा माध्यमिक विद्यालय दोस्रो भएको छ । यता ४ स्वर्ण, ७ रजत र ६ काश्य पदकसहित गोकुण्डेश्वर माध्यमिक विद्यालय तृतिय बनेको आयोजकले जनाएको छ ।

प्रथम, द्धितिय र तृतियले क्रमसः ५०, ३२ र ९ हजार नगद पुरस्कार पाएका छन् ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा तीन दिनसम्म सञ्चालित प्रतियोगितामा जिल्लाका २२ विद्यालयवीच प्रतिस्प्रधा भएको आयोजक समिति अध्यक्ष भोगेन्द्र थापाले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार लगातार चौथो पटकसम्म उपाधि जितेको भानु मावि अव ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजक हुँनेछ ।

विजयी विद्यालयका छात्रछात्रालाई प्रतिनिधिसभा सदस्य राजेन्द्र राई र प्रदेशसभा सदस्य निरन राईले पुरस्कृत गर्दै बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा एमाले नेता भीम राई, अर्जुन छारा, मनोज राई, धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द राई लगायतले बिद्यार्थीको क्षमता बिकासका लागि पठनपाठनसँगै खेलकुदको पनि महत्वपूर्ण भूमिका हुनेमा जोड दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!