गाईघाट, उदयपुर, २८ चैत । त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा आज दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विष्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकेपछि सुनसरी धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ ।

Advertisement

थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा भैँसीका पाडा चराउँदै गरेका बालकले झोलामा कालो वस्तु देखेको र त्यो हेर्न खोज्दा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो ।

विष्फोटबाट घाइते बनेका बालकको पेटमा बमको छर्रा लागेको र टाउकामा समेत चोट लागेका कारण जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसकी धरान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

उक्त बम कसले छाडेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!