काठमाडौँ, २७ चैत। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाखबाट नै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन शुरु गर्ने बताउनुभएको छ ।

Advertisement

आज यहाँ टिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा विगतमा प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा विभिन्न तरिकाबाट उडाउने काम भएको भन्दै मन्त्री महासेठले पानीजहाजको सपना साकार हुने स्पष्ट पार्नुभयो ।

बैशाखको पहिलो साताबाट नै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर काम थाल्छौँ अघि बढ्ने पनि उहाँले जानकारी दिनुभयो ।

भारत भ्रमण दलका सदस्यसमेत रहेका मन्त्री महासेठले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भारत र नेपाल दुवै देशका प्रधानमन्त्रीले अहिलेसम्म भएका सन्धि÷सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाले आफूहरु भारतसँग भएका सम्झौता कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त रहेको पनि बताउनुभयो ।

मन्त्री महासेठले प्रधानमनत्रीको तीनदिने भारत भ्रमण सफल र उपलब्धिमूलक भएको पनि बताउनुभयो । भ्रमणको दौरानमा भारतसँग राष्ट्रिय हित, सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रतालाई ध्यानमा राखेर सहमति गरेको पनि स्पष्ट पार्नुभयो ।

भारतसँग विगतमा भएका कुरा बिर्सिएर अब नयाँ ढंगले अघि बढ्ने समझदारी भएको पनि उहाँले जानकारी गराउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!