हराएको मकालुको विमान दुर्घटनाग्रस्त, चालक दलका दुवै सदस्यको मृत्यु

हराएको मकालुको विमान दुर्घटनाग्रस्त, चालक दलका दुवै सदस्यको मृत्यु

सुर्खेत, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको ढल् ब्ग्व् कार्ग...
एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

बनियानी, झापा, २ जेठ । पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहनुभएको छ । उहाँले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पाल्नुभएको छ । हाल उहाँको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्...
नेपालको मेडिकल डिग्रीलाई भारतले मान्यता दिने

नेपालको मेडिकल डिग्रीलाई भारतले मान्यता दिने

  काठमाडौं, २ जेठ । भारतको मेडिकल काउन्सिल ‘मेडिकल काउन्सिल अफ इन्डिया’ले नेपालको मेडिकल डिग्रीलाई मान्यता दिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमनका बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मेडिकल डिग्रिलाई मान्यता दिन आग्रह गरेका थिए । नेपाल मेडिकल काउन्सिलले पनि लिखित रुपमा मोदीलाई नेपालको मेडिकल  डिग्रीलाई मान्यता दिन आग्रह गरेको छ । मोदीले यस विषयमा ...
मकालु एयरको विमान अझै बेपत्ता, बाजुरामा भेटिएको भन्ने खबर झुट

मकालु एयरको विमान अझै बेपत्ता, बाजुरामा भेटिएको भन्ने खबर झुट

काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि अज विहान उडेको मकालु एयरको कार्गो विमान अझै सम्पर्कविहीन छ । मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको नागरिक उड्डयन कार्...
भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

नयाँ दिल्ली, भारत, १ जेठ। उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो । भारतीय अधिकारीका अनुसार निर्म...
उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

काठमाडौं,२ जेठ  । उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । अमेरिकासँग दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासबाट रुष्ट बनेको उत्तरकोरियाले दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द गरेको घोषणा गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । यसअघि, बुधबार दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुने तय भएको थियो । अमेरिका र दक्षिण कोरियाले १९५३ को द्धिपक्षीय सम्झौत...
मन्त्री आङवोलाई रंगशाला समितिको ज्ञापन

मन्त्री आङवोलाई रंगशाला समितिको ज्ञापन

दमक, २ जेठ । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सुविधासम्पन्न रंगशालासहित स्मृति पार्क निर्माणका लागि प्रदेश सरकारसँग सहयोगको माग गरेको छ । प्रतिष्ठानको नेतृत्व टोलीले मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई भेटेर रंगशालाको भोगाधिकारसहित बजेटको माग गरेको हो । मन्त्री आङ्वोलाई प्रतिष्ठानका तर्फबाट अध्यक्ष हुकुमसिंह राईले ज्ञापनपत्र बु...
धनकुटामा यस्तो देखियो महायज्ञको कलशयात्रा (फोटो फिचरसहित)

धनकुटामा यस्तो देखियो महायज्ञको कलशयात्रा (फोटो फिचरसहित)

धनकुटा, २ जेठ । धनकुटाको निशान भगवती मन्दिरमा सञ्चालन हुँने ‘श्रीमद् देवी भागवत पुराण नवाह महायज्ञ’ को पूर्वसन्ध्यामा आज बिहान धनकुटा बजारमा कलश शोभायात्रा निकालिएको छ । निशान भगवती मन्दिरबाट सुरु भएको कलशयात्राले बजारका बिभिन्न भागको परिक्रमा गरेको छ । भीमसेनथान, वीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे, तल्लोकोप्चे, टुडिखेल हुँदै पुनः निशान मन्दिरमा आएर कलशयात्रा समापन भएको हो । हातमा कलश बोकेर...
मकालुको बेपत्ता विमान बाजुरामा भेटियो

मकालुको बेपत्ता विमान बाजुरामा भेटियो

काठमाडौं, २ जेठ । मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ । सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । ‘सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’ ।‘विमानमा रहेका चालक दलका दुवै सदस्य...
नगर प्रमुखलाई मार्न खोज्ने बिप्लवका कार्यकर्ता पक्राउ

नगर प्रमुखलाई मार्न खोज्ने बिप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं, २ जेठ। मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाख...
जग्गा प्लटिङमा रोक

जग्गा प्लटिङमा रोक

काठमाडौँ, २ जेठ । सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने ठहर गरेको छ । सर्वोच्च यस्तो फैसलासँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ । मन्त्रालयले २०७४ साल साउन २७ गते जग्गा कारोबार गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले कृषियोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री वितरण, कित्ताकाट गर्न नपाइने निर्णय गरेको थियो । ...
अब बिहे नगरे पनि बच्चा जन्माउन पाइने

अब बिहे नगरे पनि बच्चा जन्माउन पाइने

काठमाडौँ,२ जेठ । संसारभरका महिला अधिकारकर्मीले उठाउँदै आएको मुद्दा हो– आफ्नो शरीर आफ्नै हक । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको निर्णयविरुद्ध कडा चुनौती पनि हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ । नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानूनी व्यवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गर...
आज देखि मलमास सुरु,आस्था अनुसार के गर्न हुने र के नहुने ?

आज देखि मलमास सुरु,आस्था अनुसार के गर्न हुने र के नहुने ?

काठमाडौँ,२ जेठ। आज देखि मलमास सुरु भएको छ। बिहीबार सुरु भई जेठको ३० गतेसम्म रहनेछ। चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ। एउटा महिनामा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुने पुराणवाचक पं। बालमुकुन्द देवकोटा बताउँछन्। ‘एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो’, भन्छन्, चन्द्रमाको घडी पला हुँदै जम्मा हुने महिना न...
चिनीयाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

चिनीयाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

काठमाडौं,२ जेठ । नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चिन जानुअघि नै स्थान पहिचान गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो । जेठ १० गते भित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सोको विवरण...
नेपाली फुटबलका ‘मणि’ अर्थात् नेपाली म्याराडोना

नेपाली फुटबलका ‘मणि’ अर्थात् नेपाली म्याराडोना

काठमाडौं, २ जेठ। नेपालमा टेलिभिजनको आगमन हुँदा एक खेलाडीको जादुमय कलाले नेपाली फुटबल समर्थकलाई ‘पागलप्रेमी’ जस्तै बनाएको थियो। ४/५ल ना खेलाडीलाई छलाएर गोल गरेको दृश्य टेलिभिजनमा प्रत्यक्षरूपमा हेर्न पाउँदा नेपाली फुटबल समर्थक कायल पनि भए। उनी थिए अर्जेन्टिनाका लिजेन्ड डिएगो म्याराडोना। म्याराडोनाको कर्ली कपाल, ड्रिबलिङ कलामा सबैभन्दा बढी समर्थकले वाहवाही गरे। सन् १९८६ मा म्याराडोनाको उदय हुनुअग...
भारतबाट १८ अर्बको बिजुली खरिद

भारतबाट १८ अर्बको बिजुली खरिद

काठमाडौँ, २ जेठ । स्वदेशमा उत्पादित बिजुलीले मुलुक उज्यालो बनाउन नपुगेपछि चालू आर्थिक बर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैयाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक बर्ष सकिन अझै दुई महिना बाँकी छ । दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नुपर्ने हुन्छ । यस अवधिमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजु...
२०७५ जेठ २ गते बुधबार/आजको राशिफल

२०७५ जेठ २ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ २ गते। बुधबार। इश्वी सन् २०१८ मे १६ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– प्रतिपदा, १६:०८ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शुभचिन्तकहरूको सहयोग जुटे पनि आफ्नै कमजोरीले पछि परिने सम्भावना छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। धेरै बोल्दा विवाद हुनेछ। परिबन्धले समस्या...
मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

महेन्द्रनगर, धनुषा, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति आज प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ । मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने मधेश केन्द्रित दल संघीय समाजवादी फोर...
बीमा शिक्षालाई देशका कुनाकाप्चासम्म पुर्याउनुपर्छ: अर्थमन्त्री

बीमा शिक्षालाई देशका कुनाकाप्चासम्म पुर्याउनुपर्छ: अर्थमन्त्री

काठमाडौँ, १ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले बीमा शिक्षालाई वित्तीय सारक्षरताकै अंगका रुपमा देशका कुनाकाप्चासम्म पुर्याउन निर्देशन दिनुभएको छ । बीमा समितिको ५०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री डा खतिवडाले बीमाको आवश्यकताबारे आम जनजीवनमा बोध नभएसम्म यस क्षेत्रको दायरा फराकिलो हुन नसक्ने उल्लेख गर्...
सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, १ जेठ । सर्वोच्च अदालतले जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने चापाकोट नगरपालिका (स्याङ्जा) को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको एकल इजलासले सोमबार जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने सो नगरपालिका शिक्षा समितिको गत चैत १५ गते र गत वैशाख २ गते गरेको निर्णय...
नेपाललाई भारतको १८ करोड ७४ लाख सहयोग

नेपाललाई भारतको १८ करोड ७४ लाख सहयोग

काठमाडौं,१ चैत। भारत सरकारले तराई क्षेत्रका बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणका लागी नेपाल सरकारलाई रु १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार नेपालका लागी भारतीय राजदूत मन्जिभसिंह पुरीले मन्त्रालयका सचिव सञ्जय शर्मालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । भारत सरकारको सहयोगमा तीन नदीका एकसय ७३ दशमलव १६ किलोमिटर तटबन्ध निर्माण भईरहेको...
मोदीले धम्की दिएको भन्दै मनमोहनले लेखे राष्ट्रपतिलाई पत्र

मोदीले धम्की दिएको भन्दै मनमोहनले लेखे राष्ट्रपतिलाई पत्र

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टी नेतृत्वलाई धम्की दिएको भन्दै भारतीय कंग्रेसमा हल्लखल्ली मच्चिएको छ । भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकको हुबहीमा मे ५ मा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले कांग्रेस आईको नेतृत्व विरुद्ध मन्तव्य दिएका थिए । प्रधानमन्त्री मोदीले पार्टी नेतृत्वमाथि नै धावा बोलेपछि भारतीय पूर्वप्रधानमन्त्री एवम् कांग्रेस आइका नेता मनहोहन सिंहले प...
मकालु हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

मकालु हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

सल्लेरी, सोलुखुम्बु, १ जेठ । मकालु हिमाल आरोहणका क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेको छ । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार शेर्पाको आज बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनियाँ ग्रुप लिएर...
धनकुटामा यसरी हुँदैछ चलचित्र ‘गोल’ को छायांकन (फोटो फिचरसहित)

धनकुटामा यसरी हुँदैछ चलचित्र ‘गोल’ को छायांकन (फोटो फिचरसहित)

धनकुटा, १ जेठ । धनकुटामा ठुलो पर्दाको चलचित्र ‘गोल’ को छायांकन सुरु भएको छ । भीम लामाको कथा निर्देशन तथा यम गुरुङ र अविरल भट्टराई निर्माता रहेको सो चलचित्रमा समाजमा विद्यमान विभेदजन्य घटना विरुद्ध सचेतना गर्ने प्रयास गरिएको निर्देशक लामाले बताए । प्रेम र हास्य प्रदान उक्त चलचित्रको ८० प्रतिशत छायांकन धनकुटाको कागते, हिले, पाख्रीबास लगायतका क्षेत्रमा गरिने भएको छ । यसैगरी सुनसरीको धरान, इटहरी लग...
बहुविवाह गर्ने कर्मचारीको जागिर चैट हुने

बहुविवाह गर्ने कर्मचारीको जागिर चैट हुने

काठमाडौँ, १ जेठ । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालयमा आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रावधान राख्दै सरकारले संघीय निजामती सो ऐन २०७५ को मस्यौदा गरेको छ। शेरबहादुर देउवा नेतृत्वको अघिल्ले सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ। मन्त्रालयअनतरगत संघीय तथा कानुन शाखाले चारदिनअघिदेखि छलफल प्रारम्भ गरेको मन्त्...
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले जनकपुरलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले जनकपुरलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत

जनकपुरधाम, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम आगमनबाट यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको छ । माता जानकीप्रति उहाँकोे आस्था, मिथिला र मैथिलीको गरिमाबारे चर्चा, जनकपुरधाम–अयोध्या बस सेवाको थालनी र रामायण सर्किटको घोषणाले यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको हो । जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्...
‘जेरी’ फिल्मको छायाङ्कनसँगै उदाएको ढुम्बा तालले पर्यटक लोभ्याउँदै

‘जेरी’ फिल्मको छायाङ्कनसँगै उदाएको ढुम्बा तालले पर्यटक लोभ्याउँदै

मुस्ताङ, १ जेठ । “ढुम्बा तालको पर्यटकीय आकर्षण ‘जेरी’ फिल्मको छायाङ्कन पछि मात्र बढेको हो,” ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भन्नुभयो । हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका– ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै प...
बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते

बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते

गौशाला, १ जेठ । महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा आज अपराह्न १२.३० बजेतिर जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चोक नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको ब...
प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण : नेकपाका दुई कार्यक्रर्ता पक्राउ

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण : नेकपाका दुई कार्यक्रर्ता पक्राउ

त्रिपुराकोट, डोल्पा १ जेठ । प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेकपाका दुई कार्यक्रर्ता पक्राउ परेकाछन् । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् । उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेका अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका– ३ जीँउबाट सोमबार साँझ पक्राउ गरेको जिप्रका डोल्पाले जनाएको छ । नेपाल बन्द आह्वानको सिलसिलामा ग...
बिद्यार्थी एकता दिवस : सेमेष्टर प्रणाली र धनकुटा क्याम्पसका बिषयमा अन्तरक्रिया

बिद्यार्थी एकता दिवस : सेमेष्टर प्रणाली र धनकुटा क्याम्पसका बिषयमा अन्तरक्रिया

धनकुटा, १ जेठ । ५४ औँ विद्यार्थी एकता दिवसको अवसर पारेर धनकुटामा ‘सेमेष्टर प्रणाली र धनकुटा बहुमुखी क्याम्पसको वर्तमान अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल क्रान्तिकारी क्याम्पस इकाई समितीको आयोजनामा धनकुटा बहुमुखि क्याम्पसमा कार्यक्रम गरिएको हो । कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पस प्रमुख निरञ्जन वस्तीले सबै डिग्री भएका क्याम्पसमा सेमेष्टर प्रणाली सुरु भएको बताउँदै त्यसका...
धनकुटामा महिलाको पाठेघर निःशुल्क जॉच

धनकुटामा महिलाको पाठेघर निःशुल्क जॉच

धनकुटा, १ जेठ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नर्सिङ संघ धनकुटाले महिलाको पाठेघरको निःशुल्क जाँच शिविर गरेको छ । रेडक्रस सोसाईटी महिला समितिको समन्वयमा गरिएको शिविरमा ४१ जनाको स्वास्थ्य परिक्षण गरिएको संघका अध्यक्ष सोनी सुवेदीले जानकारी दिइन् । जसमध्ये ३८ जनाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण र अन्यको भिडियो एक्सरे गरिएको हो । यस्तै दिवसको अवसरमा जिल्लाका नर्सिङ पेशामा सम्लग्न...
error: Content is protected !!