काठमाडौँ,२ जेठ । संसारभरका महिला अधिकारकर्मीले उठाउँदै आएको मुद्दा हो– आफ्नो शरीर आफ्नै हक ।

Advertisement

जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको निर्णयविरुद्ध कडा चुनौती पनि हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ ।

नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानूनी व्यवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!