काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि अज विहान उडेको मकालु एयरको कार्गो विमान अझै सम्पर्कविहीन छ । मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए ।

Advertisement

विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको नागरिक उड्डयन कार्यालय, हुम्लाका राजु महतोले बताए ।

यसअघि मौसम खरावीका कारण हराएको मकालु एयरलाइन्सको सो कार्गो जहाज बाजुराको पट्टी भन्ने क्षेत्रस्थित कर्णाली नदीको किनारमा भेटिएको खबर आएको थियो । तर सो खबर झुठो भएको बताइएको छ । बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडान भरेको जहाज बेपत्ता भएको थियो ।

सो जहाज विमान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्नेमा हराएको हो । ९एन एजेयु कल साइन उक्त जहाजमा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली मात्रै छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!