काठमाडौं, २ जेठ । भारतको मेडिकल काउन्सिल ‘मेडिकल काउन्सिल अफ इन्डिया’ले नेपालको मेडिकल डिग्रीलाई मान्यता दिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमनका बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मेडिकल डिग्रिलाई मान्यता दिन आग्रह गरेका थिए ।
नेपाल मेडिकल काउन्सिलले पनि लिखित रुपमा मोदीलाई नेपालको मेडिकल डिग्रीलाई मान्यता दिन आग्रह गरेको छ । मोदीले यस विषयमा आफु सकारात्मक रहेको र चाडै बाटो खोलिने बताएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
नेपालका विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानले दिएको उपाधि र नेपाल मेडिकल काउन्सिलले दिएको लाइसेन्सलाई मान्यता दिन भारत सरकार पनि सकारात्मक देखिएको छ । भारतमा उपाधि पाएका चिकित्सकहरुलाई नेपालले मान्यता दिएको छ, भने नेपालमा उपाधि हासिल गरेका चिकित्सकलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिएको छैन ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रोफेसर डा. धर्मकान्त बाँस्कोटाका अनुसार उपाधी दिने विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरु हुन । विश्वविद्यालयले डिग्री हासिल गरेका चिकित्सकलाई उपाधी दिएपनि मेडिकल काउन्सिलको मान्यता अनिवार्य आवश्यक पर्छ । बास्कोटाले भने, भारतका जति पनि मेडिकाल डिग्रीहरुलाई त्यहाको काउन्सिलले मान्यता दिएको छ ।
उनिहरुले दिएको उपाधीका आधारमा नेपालको विश्वविद्यालय र मेडिकल काउन्सिलले मान्यता दिएको छ । जसका कारण उनिहरुले नेपालमा आएर सहज रुपमा काम कारवाही गर्न पाएका छन् । तर, नेपालको विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरुको डिग्रीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिएको अवस्था छैन ।
अहिलेसम्म कसलाइ दियो मान्यता महाराजगञ्ज मेडिकल क्याम्पस, वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्याम्सको केही एमबीबीएसलाई मात्रै मेडिकल काउन्सिल अफ इन्डियाले मान्यता दिएको छ । तर पिजिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको एउटा डिग्रीलाई पनि मान्यता दिएको छैन ।
वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको केही विषय र चिकित्सा शास्त्र अध्ययन सस्थान आइओएम महाराजगञ्ज क्याम्पसको ७ वटा विषयलाई मान्यता दिएको छ । उनले २१ विषयमा पोष्ट ग्राजुएट चलाउदाँ ७ विषयलाई मात्रै डिग्रीमा मान्यता दिएको छ । भारतको मेडिकल काउन्सिलको नियममा परस्परमा मान्यता दिन सकिने कुरा उल्लेख गरको छ ।
तिमीहरुले मानेका विषयलाई हामीले मानेका छौं भने, हाम्रो मेडिकल काउन्सिलले मानेका विषयलाई तिमीहरुले किन नमान्ने भनेर प्रधानमन्त्री मोदीलाई समास्या समाधान गर्न पहल गरेका हौं बाँस्कोटाले भने ।