काठमाडौँ, १ जेठ । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालयमा आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रावधान राख्दै सरकारले संघीय निजामती सो ऐन २०७५ को मस्यौदा गरेको छ।

Advertisement

शेरबहादुर देउवा नेतृत्वको अघिल्ले सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ। मन्त्रालयअनतरगत संघीय तथा कानुन शाखाले चारदिनअघिदेखि छलफल प्रारम्भ गरेको मन्त्रालय स्रोतको भनाइ छ।

करिब ६ महिनाअघि सामान्य प्रशासन मन्त्रालयले सो मस्यौदा तयार गरेको थियो। मस्यौद भएको ५ महिनासम्म यस विषयमा कुनै प्रक्रिया अघि बढाएको थिएन। ‘प्रक्रिया अघि बढाउने बेला सरकार परिवर्तन भयो र नयाँ सरकारले सो विधेकका बारेमा चासो राखेन’ स्रोतले भन्यो।

नयाँ सरकार गठनपछि विधेकका बारेमा पुनः छलफल आरम्भ भएको स्रोतको भनाइ छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!