लहानमा गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

लहानमा गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

लहान, ३ माघ । अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । घाइते हबल्दार यादवलाई उपचारका लागि व...
६ घन्टाभन्दा कम निदाउनेलाई हृदयरोगको खतरा

६ घन्टाभन्दा कम निदाउनेलाई हृदयरोगको खतरा

एजेन्सी– यदि तपाईं राति ६ घन्टाभन्दा कम समय निदाउने गर्नुभएको छ भने त्यो तपाईंका लागि हानिकारक हुन सक्छ । एक अध्ययनमा बताइएअनुसार जो मान्छे सातदेखि आठ घन्टासम्म निदाउँछन्, तिनीहरुको तुलनामा ६ घन्टाभन्दा कम निदाउने मान्छेमा हृदयसम्बन्धी रोगको खतरा बढी हुन्छ । यो अध्ययन अमेरिकन कलेज अफ कोर्डियोलोजी’ मा प्रकाशित भएको छ । यसमा बताइएअनुसार यदि तपाईं राम्रोसँग निदाउनुहुन्न भने एथिरोस्क्वलेरोसिस नामक ...
२०७५ माघ ३ गते बिहीबार /आजको रशिफल

२०७५ माघ ३ गते बिहीबार /आजको रशिफल

वि.सं. २०७५ साल माघ ३ गते। बिहीबार। इश्वी सन् २०१९ जनवरी १७ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आ...
ग्याँस सिलिण्डर पड्किँदा एकको मृत्यु

ग्याँस सिलिण्डर पड्किँदा एकको मृत्यु

काठमाडौँ, २ माघ ।  काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ । आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ्को उपचारका क्रममा...
धनकुटालाई स्थायी राजधानी बनाउँन जुर्मुराए धनकुटेली, पुनः आन्दोलन चर्काइने

धनकुटालाई स्थायी राजधानी बनाउँन जुर्मुराए धनकुटेली, पुनः आन्दोलन चर्काइने

धनकुटा, २ माघ । धनकुटालाई प्रदेश नं. १ को स्थायी राजधानी बनाउन अव पुनः आन्दोलन थालिने भएको छ । धनकुटामा आज भएको सर्वपक्षीय भेला तथा अन्र्तक्रियाबाट यस्तो निष्कर्ष निकालिएको हो । कार्यक्रममा सहभागिहरुले धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका छन् । कार्यक्रममा नेकपाका नेता दुर्गा लिंखा, कांग्रेस सचिब विजयसन्तोषी राई, संघिय समाजवादी फोरमका सरोज आठपहरिया, पत्र...
मानव बेचबिखन गर्नेलाई कैद फैसला

मानव बेचबिखन गर्नेलाई कैद फैसला

नुवाकोट, २ माघ । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ । दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । अठार वर्षीया युवतीलाई अभियुक्त तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ । विसं २०७१ कात्तिक १९ गते हराएक...
प्राधिकरणका कर्मचारी विरुद्ध मुद्दा दायर

प्राधिकरणका कर्मचारी विरुद्ध मुद्दा दायर

काठमाडौँ, २ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीमा कार्यरत तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणको तार एक सेवाग्राहीको जग्गाबाट हटाइदिने भन्दै उनीहरुमाथि रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले केही दिन पहिले इलेक्ट्रिकल सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामागर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनीला...
आफ्नै शिशु मार्ने आमा पक्राउ

आफ्नै शिशु मार्ने आमा पक्राउ

काठमाडौँ, २ माघ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ...
दुई वर्षमा पुनः निर्माणको काम सकिने

दुई वर्षमा पुनः निर्माणको काम सकिने

काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षति भएको पुनःनिर्माणको काम सक्ने बताउनुभएको छ । एक्काइसौँ भूकम्प दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँ पुनःनिर्माणको केही ठाउँमा मात्र बाँकी रहेकाले अबको दुई वर्षमा सबै काम सिध्याइने बताउँदै सरकारले भूकम्पबाट क्षति भएका घर, आवास निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको र भूकम्पीय जोखिममा परेका बस्तीलाई अनुकूल ...
झापामा ६५ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापामा ६५ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापा, २ माघ । झापामा ६५ बर्षीया बृद्धलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बृद्धालाई जबरजस्ती करणी गरेको भन्दै झापा गाउँपालिका–२ का १९ बर्षीय लक्ष्मण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । गएराति १० बजे बृद्धालाई जबरजस्तीकरणी गरेको बताईएको छ । घटनाको जानकारी पाएर ईलाका प्रहरी कार्यालय कुमोरखोदबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । घटनाको बिषयमा थप अनुसन्धान भई...
ग्याष्ट्रिकदेखि मधुमेहसम्मको औषधी भान्टा

ग्याष्ट्रिकदेखि मधुमेहसम्मको औषधी भान्टा

भान्टा विश्वभरको भान्सामा प्रयोग हुने तरकारी हो । बहुगुणी भान्टा नेपालमा पनि सहजै उपलब्ध हुन्छ । यसलाई ऐगल्पान्ट, औवरजीन, मेलोनजेन, ग्वाइना, स्कवास, गार्डेनऐग जस्ता नामले पनि चिन्ने गरिन्छ । भाण्टा विभिन्न रंग र आकारका हुन्छन् । जुनसुकै आकार र रङको भएता पनि यसबाट प्रचुर मात्रामा पोषण तत्व तथा एन्टिअक्सिडेन्ट पाइन्छ । यसकारण पूर्ण सन्तुलित आहार भान्टामा न्यून कयालोरी हुन्छ । जसको नियमित सेवनले ...
शेयर बजार  सात विन्दुले घट्यो

शेयर बजार सात विन्दुले घट्यो

काठमाडौँ, २ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक आज दुई दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० विन्दुमा पुगेको छ । स्टकक...
इलामको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिने

इलामको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिने

इलाम, २ माघ । इलामको माइजोगमाई गाउँपालिकास्थित प्याङको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माण गरिने भएको छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पाँच वर्षे योजनाका साथ रू ५० लाखमा टावर निर्माण गरिने बताइएको छ । पर्यटकीयस्थलका रूपमा विकास हुदै रहेको उक्त क्षेत्रमा माइजोगमाई गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा टावर निर...
चीनले चन्द्रमाको पछिल्लो भागमा उतार्यो अन्तरिक्षयान

चीनले चन्द्रमाको पछिल्लो भागमा उतार्यो अन्तरिक्षयान

चीनले जनवरी ३ मा चन्द्रमाको पछिल्लो (धर्तीबाट नदेखिने) भागमा आफ्नो अन्तरिक्षयान चांगी–४ उतार्यो । चन्द्रमाको यो हिस्सामा पहिलो पटक कुनै अन्तरिक्षयान उत्रिएको हो । धर्तीबाट चन्द्रमाको एउटै हिस्सा मात्र देखिन्छ । अहिलेसम्म अमेरिका, रुस र चीनले नै चन्द्रमाको त्यो हिस्सामा अन्तरिक्षयानमा उतार्न सकेको छ जुन पृथ्वीबाट देखिन्छ ।
भयरहित समाचार सङ्कलन गर्न युनियनको माग

भयरहित समाचार सङ्कलन गर्न युनियनको माग

काठमाडौँ, २ माघ । नेपाल प्रेस युनियनले बिएण्डसी अस्पताल बिर्तामोड, झापाका सञ्चालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लव भट्टराईलगायत जिल्लामा कार्यरत अन्य सञ्चारकर्मीलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै इलाममा अनशनरत डा गोविन्द केस...
फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

दाभाओ सिटी, २ माघ । दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले ...
बर्दियामा प्रहरीले चलायो गोली

बर्दियामा प्रहरीले चलायो गोली

 काठमाडौं, २ माघ ।प्रहरीले बर्दियामा गोली चलाएर हत्या आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवराज गिरी छन् । यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो । शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको ...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

नारायणपुर, २ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय घोराहीमा तालबन्दी गरेका छन् । कर्मचारी सङ्घर्ष समितिले भोलिदेखि आकस्मिक र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ । राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान...
औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने नीति : प्रतिवेदन

औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने नीति : प्रतिवेदन

काठमाडौँ, २ माघ । औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ औँ बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा गत पुस २२ गते परिषद्को बैठक सम्पन्न भएको थियो । आज अपराह्न बस्ने परिषद्को बैठकमा स्वास्थ्यमन्त्री यादवसम...
प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेदेखि हुने

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेदेखि हुने

विराटनगर, २ माघ । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो । प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । चालू हुने अधिवेशनबाट थप कानून निर्माण हुने र प्रदे...
बिजुलीविहीन स्थानीय पाँच सरकार

बिजुलीविहीन स्थानीय पाँच सरकार

बैतडी, २ माघ । बैतडीका पाँच स्थानीय तहमा अझै बिजुली पुगेको छैन । पुर्चौँडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अझै पनि विद्युत् विस्तार भएको छैन् । यी स्थानीय तहका अधिकांश बासिन्दा विद्युत् सेवाबाट वञ्चित छन् । सोलारको सहायताले काम गरिरहेका छन् । बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । राष्ट...
३५ वर्षयता एकै रङका कपडा किन लगाउँछन् यी व्यक्ति ?

३५ वर्षयता एकै रङका कपडा किन लगाउँछन् यी व्यक्ति ?

काठमाडौं ।  कतिपय मानिसहरु रङ्गीचङ्गी कपडाका पारखी हुन्छन् । तर यो दुनियामा एकजना यस्ता व्यक्ति छन् जसले पछिल्लो ३५ वर्षसम्म एकैखाले रङको कपडा लगाउँदै आएका छन् । उनी कुनै योगी होइनन् तर उनले ३५ वर्षदेखि पहेँलो रङका मात्र कपडा लगाउँदछन् । जसका कारण उनको नाम नै यल्लो म्यान रहन गएको छ । सिरियाको अलेप्पो सहरमा बस्ने अबू जाक्कोर केवल पहेँलो रङका कपडा लगाउँछन् । कपडा मात्र होइन, उनले प्रयोग गर्ने हर...
श्रीदेवीको भूमिकामा प्रियाप्रकाश

श्रीदेवीको भूमिकामा प्रियाप्रकाश

मुम्बई : स्कुल ड्रेसमा आँखाको अदाले दर्शकलाई दिवाना बनाएकी प्रियाप्रकाश वारियर अहिले फेरि चर्चामा छिन्। अहिले प्रिया हिन्दी फिल्म ‘ श्रीदेवी बंगलो’को छायांकनमा व्यस्त छिन्। फिल्ममा प्रिया सुपरस्टार अभिनेत्री श्रीदेवीको भूमिकामा देखिँदै छिन्। फिल्मको केही दृश्य लन्डनमा सुटिङ गरेर उनी भर्खरै भारत फर्केकी छन्। यो फिल्मको निर्देशन प्रशान्त माम्बुलीले गरिरहेका छन्। मुम्बईमा यसै साता फिल्मको टिजर रि...
खोटाङका सात विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सोलार जडान

खोटाङका सात विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सोलार जडान

खोटाङ, २ माघ । एेँसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि (एेँसेलुखर्क), माक्पा मावि (माक्पा), कालिका बालविकास मावि (राखा), कालिका मावि (बाकाचोल), शान्तोद्धय मावि (ज्यामिरे), सिम्ले मावि (जलेश्वरी) र शिशु मावि (महेश्वरी)मा सोलार प्यानेल जडान गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुरको आर्थिक स...
अदुवाको मूल्य बढेपछि इलामका कृषक हर्षित

अदुवाको मूल्य बढेपछि इलामका कृषक हर्षित

मङ्गलबारे, २ माघ । इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो । “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उहाँले थप्नुभयो, “गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।” ...
२१औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरि

२१औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरि

भद्रपुर, २ माघ । एक्काइसौँँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । कार्यालयका प्रमुख, कर्मचारी, भद्रपुर नगरपालिका उपप्रमुखलगायत सहभागी प्रभातफेरिमा ‘घटाऔँ भूक...
डोटीमा आगलागी, तीन पसल जलेर नष्ट

डोटीमा आगलागी, तीन पसल जलेर नष्ट

डोटी, २ माघ । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ नाँचनथलीमोडमा आगलागी हुँदा स्थानीय बहादुर बोहराको कपडा तथा सिलाइकटाइको पसल, रञ्जन नेपालीको मोबाइल ग्यालरी तथा दीर्घ विकको सैलुन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता...
धनकुटाको छिन्ताङे भाषा सिक्दै विदेशी नागरिक

धनकुटाको छिन्ताङे भाषा सिक्दै विदेशी नागरिक

धनकुटा, २ माघ । मौलिक भाषा संरक्षण र अनुसन्धानमा सम्बन्धित जातजातिको उति ध्यान नगएको अवस्थामा सात समुद्र पारबाट आएका एक विदेशी भने यस कार्यमा जुटेका छन् । विदेशी मूलका नागरिक स्थानीयवासीसँग मौलिक भाषामा कुरा गरेको सुन्दा अचम्म लाग्ने गर्छ । उनी हुन्, दक्षिण अमेरीकी मुलुक चिलीका नागरिक २५ वर्षीय रोल्फ होट्स मोलिना । केही समयअघि नेपाल आएका उनी यति बेला धनकुटाको छिन्ताङमा त्यहाँको छिन्ताङे भाषाबार...
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरम...
प्रहरीको कुटाइबाट दुई जना घाइते

प्रहरीको कुटाइबाट दुई जना घाइते

बागलुङ, २ माघ । प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उहाँकी श्रीमती कृष्णकुमारीले जानकारी दिनुभयो । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथी कु...
१० मिनेट मात्रै कसरत वा योगाले पनि स्मरण शक्ति बढ्छ !

१० मिनेट मात्रै कसरत वा योगाले पनि स्मरण शक्ति बढ्छ !

टोक्यो । हालै गरिएको एक अध्ययनले १० मिनेट मात्रै योगा वा अन्य कसरत गर्दापनि मानिसको स्मरण शक्ति बढ्ने तथ्य बाहिर आएको छ । जापानको युनिभर्सिटी अफ सुकुबा र अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धाताले गरेको अध्ययनका क्रममा यो तथ्य बाहिर आएको हो । अध्ययनले धेरै काम गर्न नसक्ने व्यक्तिले पनि न्यूनतम १० मिनेटमात्रै कुनै कसरत गरेमा त्यसले स्वास्थ्यलाई फाइदा पुग्नुका साथै स्मरण शक्ति समेत बढ...
error: Content is protected !!