एजेन्सी । इङ्लिस प्रियिमर लिगको क्लब टोटेनह्यामले मिडफिल्डर मोउसा डेम्बेलेलाई बेच्ने भएको छ । टोटेनह्यामले डेम्बेलेलाई चीनियाँ सुपर लिगको क्लब ग्वान्झाउ आर एन्ड एफमा १ करोड १० लाख पाउन्डमा बेच्न लागेको हो ।

३१ वर्षे डेम्बेलेको यही सिजन टोटेनह्यामसँगको सम्झौता सकिँदै थियो । तर टोटेनह्यामले अन्तर्राष्ट्रिय विदाअघि नै उनलाई चीनियाँ क्लबमा बेचेको हो । बेल्जियमका डेम्बेले बेजिङ गुवानमा जाने भनिए पनि कुरा नमिलेपछि ग्वान्झाउसँग सम्झौता गरेका हुन् ।

“म अनौठो अनुभव र क्लबप्रतिको माया लिएर त्यहाँ जाँदै छु,” डेम्बेलेले भने, “यो एकदम विशेष छ । कसैको विदाई दुखद् हुन्छ तर मैले त्यस्तो महशुुस गरेको छैन । सबैजना मप्रति सकारात्मक छन् । क्लबले मलाई सधै राम्रो व्यवहार गर्यो । यहाँ मेरा अद्भूत अनुभवहरु छन् । जुन म सधै सम्झिरहनेछु ।”

डेम्बेले २०१२ मा फुलह्यामबाट १ करोड ५० लाख पाउन्डमा टोटेनह्यामसँग अनुबन्धित भएका थिए । उनले टोटेनह्यामबाट २ सय ५० खेल खेलिसकेका छन् । तर जारी सिजन डेम्बेलेले १३ खेलमा मात्र टोलीमा स्थान बनाउन सकेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!