यो दुनियाँमा जिनियस मानिसको कमी छैन । एकजना बेहुलीले आफ्नो बिहेमा आउने मानिसहरुलाई गणितको परीक्षा दिन बाध्य पार्दैछिन् ।

Advertisement

बेलायतकी ती युवती मात्र होइन, उनका हुनेवाला लोग्ने पनि गणितविज्ञ हुन् । ती महिलाले सोसल मिडियामार्फत उनको त्यो अनौठो योजनाको खुलासा गरेकी छन् ।

उनका अनुसार उनको बिहेमा आउने हरेक पाहुनालाई समारोहस्थलमा गणितको परीक्षा लिइनेछ । उक्त परीक्षा पास गर्नेले मात्र समारोहस्थलमा बस्ने कुर्सी पाउनेछन् । फेल भएमा उभिएरै रहनुपर्नेछ ।

आफू र हुनेवाला पतिसमेत गणितज्ञ भएको हुँदा आफ्नो बिहेलाई पनि गणितमय बनाउने उनको चाहना हो । त्यसैले उनले त्यो रोमाञ्चक योजना तय गरेकी छन् ।

तर उनले सोसल साइट रेडिटमा शेयर गरेको उक्त योजना धेरैलाई चित्त बुझेन । धेरैले यदि त्यस्तो शर्त तेर्साइएमा आफू बिहेको रिसेप्सनमा नआउने बताएका छन् । पाहुनाहरुलाई अनावश्यक तनाव दिएको उनीहरुको तर्क छ ।

एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!