विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–२ दुर्गा चौकबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे–६ का २३ बर्षीय निरज गोडीलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतवार अपरान्ह साढे ४ बजे उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ८ ग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएकालाई पनि संक्रमण पुष्टि

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएकालाई पनि संक्रमण पुष्टि

इटहरी । दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो। त्यसैगरी विराटनगरका ३२ वर्षीय एक युवा...
भोजपुरबाट आठ लाख लुटेर भागेका व्यक्ति नौं बर्षपछि झापामा समातिए

भोजपुरबाट आठ लाख लुटेर भागेका व्यक्ति नौं बर्षपछि झापामा समातिए

भोजपुर । भोजपुरमा आठ लाख नगद लुटपाट गरेर फरार भएका व्यक्ति नौं बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले लुटपाटमा संलग्न झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी २ एक्सटेन्सन (सेक्टर) बी ४ हट नं. ६ मा बस्ने ३१ बर्षीय सुवास विश्वा (वि.क.) लाई पक्राउ गरेको हो । भोजपुर नगरपालिका–२ बस्ने सडक निर्माण समितिका अध्यक्ष धनबहादुर राईले सडक निर्माणको काममा खटिएका...
प्रदेश १ का थप ७२५ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप ७२५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १००६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुरमा १–१ जनामा संक्रमण...
छिमेकीबाट बलात्कृत ११ बर्षीया बालिकाले जन्माइन् बच्चा

छिमेकीबाट बलात्कृत ११ बर्षीया बालिकाले जन्माइन् बच्चा

झापा । झापामा छिमेकीबाट बलात्कृत ११ बर्षीया बालिकाले बच्चा जन्माएकी छन् । उनले विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी हुन् । खुदुनाबारी–१ टप्पु गाउँकी बालिका आफ्नो बुवाभन्दा बढी उमेर भएको छिमेकीबाट बलात्कृत भएकी थिइन् । त्यसपछि ६ महिनामै सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको चिकित्सकले बताएका छन् । बच्चालाई अक्सिजनको कमी भएकाले आईसियूमा राखिएको...
सिन्धुपाल्चोकमा पुनः बाढीको वितण्डा

सिन्धुपाल्चोकमा पुनः बाढीको वितण्डा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । भारी बर्षाका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएको बाढीले सो क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगाएको प्रहरीले जनाएको छ । ग्याल्थुम बजारका ४० घर जोखिममा छन् । त्यस्तै, चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम...
टेम्पुमा भेटियो ब्राउन सुगर, दुई जना पक्राउ

टेम्पुमा भेटियो ब्राउन सुगर, दुई जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कमा अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर बरामद भएको छ । ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अटो चालक बिर्तामोड–४ का २१ बर्षीय रुपेश साह र टेम्पुमा सवार हल्दिबारी–३ का २१ बर्षीय बिबेक बाँनिया छन् । अस्थाई प्रहरी पोष्ट बसपार्कको टोलीले मे १ ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा २ ग्राम ९० मिलिग्राम ब्राउन स...
दमकमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जना पक्राउ

दमकमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका–८ स्थित पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–७ का होटल सञ्चालक ३२ बर्षीय पदम सुब्बा, दमक–५ का २९ बर्षीय कैलास लिम्बु, ३३ बर्षीय मोहन ढुंगाना, दमक–६ का ३८ बर्षीय द्रोणचार्य कार्की, ५० बर्षीय प्रेम सुब्बा र भिम सुब्बा छन् । होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा शनिवार साँझ पौने ५ बजे ईलाका प्रहरी...
उदयपुरमा कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु, संक्रमण फैलिएपछि गाउँ सिल

उदयपुरमा कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु, संक्रमण फैलिएपछि गाउँ सिल

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै ग...
२०७८ साउन १७ गते आइतबारको राशिफल

२०७८ साउन १७ गते आइतबारको राशिफल

बि.संं २०७८ साल साउन १७ गते आइतबार ई.सं.२०२१ अगस्ट १ नेपाल सम्बत ११४१ बछलागा अष्टमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष अष्टमी तिथी, चन्द्रमा मीन राशिमा, भरणी नक्षत्र, गण्ड योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः२७ बजे, सूर्यास्त साँझ ६:५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा ग...
नोबेलमा सुरु भयो मोरङ र सुनसरीका नर्सिङ्ग स्टाफलाई दुई महिने दक्ष प्रसुतिकर्मी तालिम

नोबेलमा सुरु भयो मोरङ र सुनसरीका नर्सिङ्ग स्टाफलाई दुई महिने दक्ष प्रसुतिकर्मी तालिम

विराटनगर । नोबेल शिक्षण अस्पतालमा मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ्ग स्टाफहरुका लागि शनिवारदेखि दक्ष प्रसुतिकर्मी तालिम सुरु भएको छ । नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले नर्सिङ्ग स्टाफहरुका लागि दुई महिने तालिम आयोजना गरेको हो । मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत १२ जना नर्सिङ्ग स्टाफ तालिममा सहभागि छन् । प्रसुति गरा...
सामुदायिक बनले उपभोक्तालाई खाट वितरण गर्दै, भुईँमा सुत्नुपर्ने बाध्यताको अन्त्य गरिने

सामुदायिक बनले उपभोक्तालाई खाट वितरण गर्दै, भुईँमा सुत्नुपर्ने बाध्यताको अन्त्य गरिने

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ मा रहेको लक्ष्मी सामुदायिक बनले उपभोक्ताहरुलाई खाट वितरण गर्न थालेको छ । खाट नहुँदा चिसो भुईँमा सुत्न बाध्य उपभोक्ताहरुको समस्यालाई मध्यनजर गर्दै खाट बितरण थालिएको हो । बिपन्न उपभोक्ताहरुलाई बार्षिक कार्यक्रम अन्तरगत सामुदायिक बनले खाट दिन थालेको छ । चार हजार घरधुरी उपभोक्ता रहेको सो सामुदायीक वनमा करिव चार सय विपन्न परिवारले खाट पाउने वन समूहका अध्यक्ष स...
महेन्द्र मोरङ क्याम्पसको बार्षिकोत्सवमा पाँच जना सम्मानित

महेन्द्र मोरङ क्याम्पसको बार्षिकोत्सवमा पाँच जना सम्मानित

विराटनगर । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शनिबार क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसमा आयोजित एक कार्यक्रमकाबीच प्राध्यापक डा.घनश्याम श्रीवास्तव, रामनारायण दास र माधवप्रसाद रेग्मी तथा कर्मचारीहरु सोनु निरौला र जलधर कामतलाई सम्मान गरिएको हो । उनीहरुलाई पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवम् अर्थ...
प्रदेश १ मा थपिए ८०४ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ८०४ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ८०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, तेह्रथुम र संखुवासभामा १/१ र प्रदेश ...
होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा

झापा । जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । ​बिर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा बिर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइरल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा रासससँग कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए। “बिर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालय...
नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया

नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया

विराटनगर । नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ बर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा घाँटी क्यान्सरका बरि...
२०७८ साउन १६ गते शनिबारको राशिफल

२०७८ साउन १६ गते शनिबारको राशिफल

बि.संं २०७८ साल साउन १६ गते शनिबार ई.सं.२०२१ जुलाइ ३१ नेपाल सम्बत ११४१ बछलागा सप्तमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष षष्ठी तिथी, चन्द्रमा मेष राशिमा, अव्श्निी नक्षत्र, शूल योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः२६ बजे, सूर्यास्त साँझ ६:५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको ...
जनप्रतिनिधिकै मिलेमतोमा रातारात नेताका आफन्तलाई कोरोना खोप लगाइदै

जनप्रतिनिधिकै मिलेमतोमा रातारात नेताका आफन्तलाई कोरोना खोप लगाइदै

विराटनगर । मध्यरातमा कोरोनाविरुद्धको खोप बोकेर नेपाली कांग्रेशका कार्यकर्ताको घर पुगेपछि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली विवादमा तानिएको घटना सेलाउन नपाउँदै मोरङमा खोप मनोमानीको अर्को घटना बाहिरिएको छ । प्राथमिकतामा राखिएका लक्षित बर्गलाई खोपको अभाव भइरहेका बेला सुन्दरहरैंचाका एक स्वास्थ्य कर्मचारीको निजी मेडिकलमा लगेर जनप्रतिनिधिका आफन्त तथा नेताहरुलाई खोप लगाइको घटना बाहिरिएको हो । म...
प्रदेश १ मा थपिए ११४४ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ११४४ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११४४ जना कोरोना संक्रमित थपिएका छन् । १९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा ४, खोटाङ र संखुवासभामा २–२, ताप्लेजुङ र तेह्रथुममा १–१ जना कोरोना...
रद्द भयो नेपालको स्याटेलाइट राख्ने प्रक्रिया

रद्द भयो नेपालको स्याटेलाइट राख्ने प्रक्रिया

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि खारेज भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सबै प्रस्...
बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ तिनकुटियास्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २८ बर्षीय उमेश चौधरी छन् । गएराती १० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र.१–०२–०४३प ५७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गंम्भीर घाइते भएका चौधरीलाई उ...
ओलीसँग भेट्न नेपालको ‘आनाकानी’

ओलीसँग भेट्न नेपालको ‘आनाकानी’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर  १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर,  १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन्। अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन्। नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका ...
न्यायालयमा पेसी तोक्ने समयबाटै सुरु हुन्छ बेथिति

न्यायालयमा पेसी तोक्ने समयबाटै सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ । मुद्दा पेसी कुन न्यायाधीशको इजलासमा तोक्नेसम्मको सेटिङ पहिल्यै हुँदा अदालतमा बेथिति बढेको र बिचौलियाले खेल्ने गरेको कुरा समितिले औंल्याएको छ । अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्चमा मुख्य न्यायाधीश र जिल्ला अदालतमा वरीय...
२०७८ साउन १५ गते शुक्रबारको राशिफल

२०७८ साउन १५ गते शुक्रबारको राशिफल

बि.संं २०७८ साल साउन १५ गते शुक्रबार ई.सं.२०२१ जुलाइ २९ नेपाल सम्बत ११४१ बछलागा सप्तमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष षष्ठी तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, सुकर्मा योग, भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः२५ बजे, सूर्यास्त साँझ ६:५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा जौ मुखमा राखेर जुनसकै दि...
धनकुटामा कोरोना संक्रमितको मृत्यु

धनकुटामा कोरोना संक्रमितको मृत्यु

धनकुटा । धनकुटामा आज एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनकुटा नगरपालिका–७ सिरवानीका ५० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज बिहान करिब ३ बजे जिल्ला अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि एन्टिजेन परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो । रिपोर्ट पोजिटिभ आएको केही घण्टाभित्रै बिहान करिब ८ बजे उनको मृत्यु भएको परिवार स्रोतले जना...
पाख्रीवासमा ट्याक्टरको ठक्करबाट टेम्पुमा सवार तीन घाइते

पाख्रीवासमा ट्याक्टरको ठक्करबाट टेम्पुमा सवार तीन घाइते

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ सिंहदेवीमा आज दिउँसो ट्याक्टरको ठक्करबाट टेम्पुमा सवार तीन जना घाइते भएका छन् । धनकुटाबाट पाख्रीवासतर्फ जाँदै गरेको को.२ ह ७२४९ नम्बरको टेम्पुलाई फलाटेबाट हार्डवेयरको सामान बोकेर धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १५५० नम्बरको ट्याक्टरले दिउँसो करिब ४ बजे ठक्कर दिएको हो । ठक्करबाट टेम्पु चालक पाख्रीवास–३ का ३१ बर्षीय बलबहादुर मगर, टेम्पुमा सवार पाख्...
प्रदेश १ का थप ११०४ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप ११०४ जनामा कोरोना संक्रमण

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७५३ जनाको पीसीआर परीक्षणगर्दा ६५२ र १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, मोरङमा १२३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, तेह्रथुम, भोजपुर र उदयपुरमा २/२, पाँचथर र ताप्...
विराटनगरका मेयर पराजुलीविरुद्ध युवाहरुले गरे प्रदर्शन

विराटनगरका मेयर पराजुलीविरुद्ध युवाहरुले गरे प्रदर्शन

विराटनगर । कोरोनाविरुद्धको खोपमा मनोमानी गरेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीविरुद्ध आज युवाहरुले प्रदर्शन गरेका छन् । गएराती कोरोनाविरुद्धको खोप बोकेर नेपाली कांग्रेसका कार्यकर्ताको घर पुगेपछि मेयर पराजुलीविरुद्ध युवाहरुले दिउँसो महानगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका हुन् । नेकपा माओवादी केन्द्र निकट आईसीएल मोरङको अगुवाईमा युवाहरुले नारावाजी गर्दै मेयर पराजुलीविरुद्ध प्रदर्शन...
मन्त्रिमण्डल पूर्णता दिन सकस

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालस...
कोरोना संक्रमण बढेपछि झापाका १० स्थानीय तह सिल

कोरोना संक्रमण बढेपछि झापाका १० स्थानीय तह सिल

झापा । कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क...
२०७८ साउन १४ गते बिहिबारको राशिफल

२०७८ साउन १४ गते बिहिबारको राशिफल

बि.संं २०७८ साल साउन १४ गते बिहिबार ई.सं.२०२१ जुलाइ २९ नेपाल सम्बत ११४१ बछलागा पष्ठी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष पष्ठी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, सुकर्मा योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः२५ बजे, सूर्यास्त साँझ ६:५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा दहि खाएर जुनसकै दिशाको य...
error: Content is protected !!