संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ तिनकुटियास्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २८ बर्षीय उमेश चौधरी छन् ।

गएराती १० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र.१–०२–०४३प ५७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गंम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार स्थानीय ३० बर्षीय श्रवण कुमार विश्वास घाइते भएका छन् । न्यूरो अस्पतालमै उनको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!