संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११४४ जना कोरोना संक्रमित थपिएका छन् । १९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा ४, खोटाङ र संखुवासभामा २–२, ताप्लेजुङ र तेह्रथुममा १–१ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ ।

मोरङको बेलबारीमा ६३, विराटनगरमा ५५, पथरीशनिश्चरेमा ३०, सुन्दरहरैंचामा १३, उर्लाबारीमा १०, बुढीगंगामा ५, ग्रामथानमा ४, केराबारी, धनपालथान, लेटाङ, कानेपोखरीमा २–२, कटहरी, रतुवामाई र मिक्लाजुङमा १–१ जना संक्रमित थपिएका छन् । सुनसरीको धरानमा १२६, इटहरीमा ३९, इनरुवा र बराहक्षेत्रमा ७–७, कोशी गाउँपालिका, रामधुनी, दुहवी र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको विर्तामोडमा ३८, दमकमा २३, भद्रपुरमा २०, अर्जुनधारामा १७, कनकाईमा १६, मेचीनगरमा १४, शिवसताक्षीमा १०, कमल गाउँपालिका र बुद्धशान्तिमा ६–६, गौरादह र हल्दिबारीमा २–२, झापा गाउँपालिका, बाह्रदशी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा ४, रोङ र सुर्योदयमा २–२, माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढी गाउँपालिकामा ४, पाख्रीवास नगरपालिका र चौविसे गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका २–२, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ र तेहथुममा १–१ जना संक्रमित थपिएका छन् ।

यसैबीच, प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ३ पुरुष छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!