संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आज एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनकुटा नगरपालिका–७ सिरवानीका ५० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

Advertisement

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज बिहान करिब ३ बजे जिल्ला अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि एन्टिजेन परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो । रिपोर्ट पोजिटिभ आएको केही घण्टाभित्रै बिहान करिब ८ बजे उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ । उनी कलेजो सम्बन्धि विरामी पनि थिए । नेपाली सेनाको टोलीले मृतकको शवलाई व्यवस्थापन गरेको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुँने धनकुटेलीको संख्या ३८ पुगेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । धनकुटामा केही साता यता कोरोना संक्रमण घटेको थियो । तर, केही दिनयता संक्रमणको ग्राफ बढ्न थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!