संखुवासभामा दुई जनाको मृत्यु 

संखुवासभामा दुई जनाको मृत्यु 

संखुवासभा । संखुवासभामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सिलिचोङ-३ खड्बा खोला नजिकै तेवा भीरबाट लडेर राजन राईको मृत्यु भएको हो । भीरमा चडेर मौरीको मह काढ्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी हिजो साँझ एक सय ५० मिटर अग्लो भीरबाट लडेका थिए । यसैगरी मकालु गाउँपालिका-२ सेदुवामा एक्स्काभेटर दुर्घटना हुँदा ३० वर्षीय सुरवीर राईको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ...
झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । झापा र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई हिजो विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-३ का २७ वर्षीय विनायक थुलुङलाई पक्राउ गरेको हो ।। उनलाई तीन ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ बाट...
कोशीमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी 

कोशीमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी 

विराटनगर । कोशी प्रदेशमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । हिजो विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित आठ पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । ओखलढुङ्गामा हुने जिल्ला समन्वय समितिको प्रमुखमा भने नेपाली काँग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अन्य उम्मेदवारी नपरेपछि भट्टराई निर्विरोध भएका हुन् । निर्वाचित भएको औपचारिक घोषणा भन...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज सुनको मूल्य बढेको छ । हिजो तोलामा एक सय रुपैयाँले घटेको सुन आज एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक लाख ६१ हजार रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन तोलामा एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।  दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य शुक्रबार एक सय रुपैयाँले ब...
पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

विराटनगर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो । ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । २०४८ सालको प्रतिनिधि ...
आज उम्मेदवारमाथि उजुरी दिन सकिने

आज उम्मेदवारमाथि उजुरी दिन सकिने

विराटनगर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उममेदवारहरू माथि आज दाबी विरोधको उजुरी दिने कार्यतालिका छ ।  निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको छ । आज दिउँसो ३ बजे पछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मंसिर ५ गते बिहान ९ देखि अपराह्‍न १ बजेस...
ओखलढुङ्गा जिल्ला समन्वय प्रमुखमा काँग्रेस उम्मेदवार निर्विरोध

ओखलढुङ्गा जिल्ला समन्वय प्रमुखमा काँग्रेस उम्मेदवार निर्विरोध

विराटनगर । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पद निर्विरोध भएको छ । नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । हिजो जिसस प्रमुखमा भट्टराईको मात्रै उम्मेदवारी परेको हो । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा अन्य उम्मेदवारी परेको छैन । उनी निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ । काँग्रेसको एकल बहुमत रहेको जिससमा एमालेले भट्टराईलाई समर्थन गरेको थि...
२०८१ मंसिर ३ गते सोमवार/आजको राशिफल

२०८१ मंसिर ३ गते सोमवार/आजको राशिफल

बि.सं.२०८१ मंसिर  ३ गते सोमवार ई.सं.२०२४ नोभेम्बर १८ नेपाल सम्वत् ११४५  कछलागा तृतिया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, सिद्ध योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः२६ बजे, सूर्यास्त साँझ ०५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा  शरी...
जनता माविमा अध्ययनरत बालिकाको मृत्यु, सामान्य बन्दै घटनास्थल 

जनता माविमा अध्ययनरत बालिकाको मृत्यु, सामान्य बन्दै घटनास्थल 

विराटनगर । सुनसरीको खनारमा बसको ठक्करबाट जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएको खुलेको छ । आज दिउँसो ४ः३० बजेतिर बसको ठक्करबाट इटहरी उपमहानगरपालिका-१० की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको हो । खनारको शान्ति चोकमा मे १ ख ४५७४ नम्बरको यात्रुबाहक बसले साइकलमा सवार  उनलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको  सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद ति...
सुनसरीको खनारमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु 

सुनसरीको खनारमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगर । सुनसरीको खनारमा यात्रुबाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट स्थानीय सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । आज साँझ इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले यादवलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनापछि आक्रोशित भीडले बसमा आगो लगाएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको नेपाल प्रहर...
ग्रामथानको अध्यक्षमा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता

ग्रामथानको अध्यक्षमा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट १६ र एक जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो । नेपाली काँग्रेसबाट बलराम सरदार, नेकपा एमालेबाट तुलसीराम विश्वास र नेकपा माओवादी केन्द्रबाट नमो नारायण माझीले मनोनयन दर्ता गराएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, राष...
झापामा रड प्रहार गरेर एक जनाको हत्या, आरोपी पक्राउ 

झापामा रड प्रहार गरेर एक जनाको हत्या, आरोपी पक्राउ 

झापा । झापामा रड प्रहार गरेर एक जनाको हत्या भएको छ । बाह्रदशी गाउँपालिका-५ का ४५ वर्षीय गङ्गालाल माझीको रड प्रहारबाट हत्या भएको हो । हिजो राति सोही स्थानका २६ वर्षीय मानकुमार राजवंशीले माझीलाई रड प्रहार गरेको झापा प्रहरीले जनाएको छ । रड प्रहारबाट गम्भीर घाइते भएका माझीलाई उपचारका लागि बी एण्ड सी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको झापा प्रहरीका प्रवक्ता डीएसप...
कतिमा हुँदैछ सुनचाँदीको कारोबार 

कतिमा हुँदैछ सुनचाँदीको कारोबार 

विराटनगर । आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ । आज एक लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  शुक्रबार सुन तोलामा एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।  दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य शुक्रबार एक सय रुपैयाँले बढेको थियो ।  आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेको छ । महासङ्घका अनुसार आ...
झापामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान हात्तीको आक्रमणबाट दमक नगरपालिका-३ का ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो । हात्तीले आक्रमण गर्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । झापा प्रहरीका अनुसार भण्डारीलाई राति २ बजेतिर हात्तीले आक्रमण गरेको थियो । छिमेकीको घरमा आएको हात्ती धपाउन खोज्दा उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

विराटनगर । स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीमाथि जाँचबुझ गरी ४ गते बेलुकासम्म निर्णय दिनुपर्नेछ । उम्मेदवारले नाम फिर्ता लिन ५ गते दिउँसो १ बजेसम्मको समय दिइएको छ । ५ गतेनै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उनीहरूलाई निर्वाचन चिह्न पन...
मोरङ र झापामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ र झापामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर । मोरङ र झापामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हिजो पथरी शनिश्चरे-२ सुनझोडामा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बागमती प्र ०३-००१ ख २९२८ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक पथरी शनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदेम्बे र पछाडी सवार पथरी ...
२०८१ मंसिर २ गते आइतबार/आजको राशिफल

२०८१ मंसिर २ गते आइतबार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको भरमा सोचेको काम बन्नेछ। आर्थिक पक्ष मजबुत रहनको साथै कार्यक्षेत्रमा हजुरको सल्लाहको प्रशंसा हुनेछ। रोकिएका कामहरूको शुरूवात हुनेछ। आजको शुभ रंग गुलाबि हो भने शुभअंक ५ रहेको छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शत्रुहरूको प्रभाव बढ्ने छ। नोकरी वा पेशामा नयाँ प्रोजेक्टहरू मिल्ला। कार्यक्षेत्रमा अतिरिक्त काम गर्नुपर्ने हुन्छ। धन खर्चको योग छ। आज...
साँगुरीगढीको एक परिवारलाई जस्तापाता सहयोग

साँगुरीगढीको एक परिवारलाई जस्तापाता सहयोग

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ स्थित क्यान्सरबाट निधन भएकी कमला याखाको परिवारलाई जस्तापाता प्रदान गरिएको छ । हिजो समाजसेवी तथा शिक्षकहरूको समन्वयमा उनका श्रीमान शुक्रबहादुर याखालाई ४० हजार बराबरको जस्तापाता प्रद्यान गरिएको हो । नेपाल उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल शिक्षक सङ्घका अध्यक्ष थीरेन्द्र लिम्बू, नेपाल शिक्षक महासङ्घका जिल्ला सचिव घनेन्द्र बहादुर ...
कोशीका दुई जिल्लामा ४६ हजार गाँजाको बोट नष्ट 

कोशीका दुई जिल्लामा ४६ हजार गाँजाको बोट नष्ट 

विराटनगर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानमा अवैध रूपमा लगाएको गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अवैध रूपमा लगाइएको र आफैँ उम्रिएका गाँजाका बोट नष्ट गरिएको हो । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभूमि र साँगुरीगढी गाउँपालिकाको बिभिन्न स्थानम...
२०८१ मंसिर १ गते शनिबार/आजको राशिफल

२०८१ मंसिर १ गते शनिबार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नुका साथै नयाँ मिटिङको लागि पनि उत्तम समय रहेको छ । आफूले गरेको कार्यमा उच्च अधिकारीको सहयोग मिल्ने योग रहेको छ। आजको यात्रा सफलतादायक रहनेछ भने जीवन साथीबाट उपहार मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन हत्तार गरेर कुनै निर्णय नलिनुहोला । नयाँ कामको थालनी गर...
डिजेल र मट्टीतेलको भाउ बढ्यो

डिजेल र मट्टीतेलको भाउ बढ्यो

विराटनगर । डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर तीन रुपैयाँका दरले डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार आन्तरिक बजार समायोजन गरिएको निगमले जनाएको छ । मूल्य बढेपछि अब चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । नयाँ मूल्य शुक्रब...
इलामलाई हराउँदै आयोजकले जित्यो राजारानी भेट्रान फुटबलको उपाधि

इलामलाई हराउँदै आयोजकले जित्यो राजारानी भेट्रान फुटबलको उपाधि

धनकुटा । आयोजक हाम्रो राजारानी भेट्रान फुटबल क्लबले चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा सञ्चालित राजारानी भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा इलाम फुटबल क्लब यु.के. भेट्रान लण्डनलाई २-१ गोलले पराजित गर्दै राजारानी भेट्रानले उपाधि जितेको हो । खेलको ७ औं मिनेटमा लोक चेम्जोङ ले गोल गर्दै राजारानी भेट्रानको खाता खोलेका थिए । मध्यान्तरपछिको ८ औं मिनेटमा लण्डनका नरेन्द...
धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने

धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने

धनकुटा । धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने भएको छ । धनकुटा नगरपालिकाको आयोजनामा आगामी मंसिर ४ गते प्रदर्शनी गर्न लागिएको हो । एभोकाडोसहितका स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि प्रदर्शनी गर्न लागिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । नगरपालिका कार्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनीमा ए...
धनकुटामा सुन्तलाजात अनुसन्धान कार्यक्रमका लागि प्राविधिक नहुँदा काम प्रभावित

धनकुटामा सुन्तलाजात अनुसन्धान कार्यक्रमका लागि प्राविधिक नहुँदा काम प्रभावित

धनकुटा । नेपालको एक मात्र अमिलो जातको अनुसन्धान गर्ने राष्ट्रिय सुन्तलाजात अनुसन्धान केन्द्र धनकुटामा कर्मचारी नहुँदा काम प्रभावित भएको छ । लामो समयदेखि वैज्ञानिक तथा प्राविधिक कर्मचारी नहुँदा अनुसन्धानको काम प्रभावित भएको हो । फलफूलको अनुसन्धान गर्ने मुख्य वैज्ञानिक (एस–५) एक जना र बरिष्ठ वैज्ञानिक (एस–४) एक गरी दुई जनाको दरबन्दी छ । तर कार्यालयमा एक जना मात्रै कार्यरत रहेका छन् । यस्तै बरिष्ठ...
नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु

नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु

विराटनगर । नेपालबाट आजदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु भएको छ । नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् । उद्घाटनसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ । यससँगै नेपाल-बंगलादेशबीच विद...
ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि ग्रामथानमा कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले कार्यालय स्थापनासँगै सर्वदलीय छलफल गरेका छन् । छलफलमा राजनीतिक दलले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंसिर दुई गते उम्मेदवारको मन...
नेपालले आजबाट बंगलादेशलाई विजुली बेच्ने, कति हुन्छ आम्दानी ?

नेपालले आजबाट बंगलादेशलाई विजुली बेच्ने, कति हुन्छ आम्दानी ?

विराटनगर । नेपालले आजबाट वंगलादेशलाई विजुली बेच्दैछ । भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र सहायक कम्पनीमार्फत बनाइएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट विजुली बंगलादेशलाई बिक्री गर्न लागिएको हो । यसका लागि गत असोज १७ गते नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता भइसकेको छ । आज दिउँसो १२ः४५ बजे विजुली बेच्ने प्रकृयाको तीन वटै देशका ...
दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य आज उकालो लाग्यो

दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य आज उकालो लाग्यो

विराटनगर । दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य आज उकालो लागेको छ । गत कात्तिक १५ गते प्रतितोला एक लाख ७१ हजार पुगेको सुनको मूल्य त्यसयता भने निरन्तर घटेको थियो । दुई साताको अवधिमा ११ हजार मूल्य घटेर आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । आज सुन तोलामा एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा दुई हजार दुई सय रुपैयाँले घटेर ए...
स्रष्टा र सिर्जनाको नवौँ शृङ्खलामा कट्टेल र शिवा प्रस्तुत हुँदै

स्रष्टा र सिर्जनाको नवौँ शृङ्खलामा कट्टेल र शिवा प्रस्तुत हुँदै

विराटनगर । स्रष्टा र सिर्जनाको नवौँ शृङ्खलामा विराटनगरका कवि हरी कट्टेल र सुनसरीका कवि किरण शिवा प्रस्तुत हुँदै छन् । आज आरोहण गुरुकुल हाटखोलामा हुने कार्यक्रममा कट्टेल र शिवा प्रस्तुत हुन लागेका हुन् ।  विराट आदर्श साहित्य मञ्चको आयोजनामा हुने कार्यक्रममा युवा सम्मानबाट विराटनगरका पत्रकार प्रेम देवानलाई सम्मान गरिने मञ्चका अध्यक्ष कटवाल दिपकले जानकारी दिए ।  कार्यक्रम आज दिउँसो दुई बजे सुरु ह...
दार्चुलामा तीर्थालु बोकेको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

दार्चुलामा तीर्थालु बोकेको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

विराटनगर । दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । आज बिहान मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । तीर्थालु बोकेको जिप शैल्यशिखर नगरपालिका-६ स्थित सिराडको खोलामा दुर्घटना भएको हो । मृतकहरूको पहिचान खुल्न बाँकी छ । जिपमा अन्य यात्रु पनि भएको आशङ्कामा खोजी कार्य...
२०८१ कार्तिक ३० गते शुक्रबार/आजको राशिफल

२०८१ कार्तिक ३० गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ कार्तिक ३० गते शुक्रबार ई.सं.२०२४ नोभेम्बर १५ नेपाल सम्वत् ११४५ कछलाथ्व चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल चर्तुदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्यतिपात योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः२४ बजे, सूर्यास्त साँझ ०५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर...
error: Content is protected !!