झापा ।  मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ ।

Advertisement

झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उनको गएराति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!