धनकुटा। धनकुटा नगरसभाको अधिवेशन आगामी भदौ ९ गते हुँने भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गको अध्यक्षतामा बसेको धनकुटा नगरकार्यपालिकाको तेस्रो बैठकले नगरसभाको मिति निर्धारण गरेको हो ।
यसअघि साउन ३१ गते नगरसभाको अधिवेशन गर्ने तयारी गरिएको भएपनि बिशेष कारणबस अधिवेशन सारिएको धनकुटा नगरपालिकाका प्रवक्ता जम्सेर राईले जानकारी दिए । उनका अनुसार बैठकले बिषयतग समितिहरुको सदस्यसचिव पनि तोकेको छ ।
नगरसभाको अधिवेशनका लागि राजनीतिकदलहरुसँग सुझाव संकलन एवं छलफल गरिएको छ । त्यस्तै संघ–सस्थाहरुसँग पनि सुझाव संकलन एवं छलफल गरिएको छ ।