संगालोखबर सम्वाददाता

धनकुटा, १ भदौ । धनकुटा नगरपालिका–७ स्थित धनकुटे खोला नजिक बिहिबार अपरान्ह वेवारिशे शव फेला परेको छ ।

सिरवानी स्थित घुमाउने चौतारा भन्दा तल्लो भागमा रहेको उक्त खोला नजिक करिब ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शव सड्न लागेको अवस्थामा भेटिएको बताईएको छ ।

Advertisement

घॉस काट्न गएका स्थानीयबासीले पाखामा वेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा अनुसन्धान थालिने जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!