पाँचथर गोल्डकप: मोरङलाई पराजित गर्दै इलाम पुग्यो सेमिफाइनल
पाँचथर,२६ चैत । सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल पुगेको हो । इलामका लागि खेलको १६ औँ मिनेटमा मनिष थापा र ८४ औँ मिनेटमा सुवास राईले गोल गरे ।
मोरङका लागि वीरेन्द्र लिम्बूले पहिलो हाफक...




























