धनकुटा, २७ चैत । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनकुटा आउने भएका छन । पाख्रीवासमा पूर्वकै पहिलो कृषि क्याम्पस उद्घाटनका लागि प्रचण्ड आउँने भएका हुन् ।
हालै मात्र सञ्चालनमा आएको कृषि क्याम्पस उद्घाटनका लागि प्रचण्ड आउँने कार्यक्रम रहेको माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् ।
उनका अनुसार हेलिकप्टर मार्फत प्रचण्ड आउँदैछन् । प्रचण्डले कृषि क्याम्पसको उद्घाटन गरी आजै काठमाडौ फर्कने कार्यक्रम तय भएको छ ।