विराटनगर,२५ चैत। आचार्य श्रीनिवासलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।

प्रहरीले स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको हो ।  एसपी बिसीका अनुसार पक्राउ परेकाहरुमाथिस अनुसन्धान भइरहेको बताएका छन् ।  शनिबार राति २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो ।

Advertisement

उनको दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।

गोली लागेर घाइते भएलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । हाल उनले न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!