झगडापछि बुहारीले घर जलाइन्
खोटाङ, २२ चैत । ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् ।
धनमुडा बेँसीस्थित सासू–ससुरासँगै बस्दै आएकी आस्माले लगाएको आगोले दुईतले घर घरभित्र भएको सम्पूर्ण सामान तथा नजिकै रहेको गाईबस्तु बाँध्ने गोठ, गोठमा बाँधिएका दुईवटा खसी बाख्रा जलेर मर्नुका साथै ठूलो धनराशि क्षत...


























