ईश्वर थापा/संगालोखबर

धनकुटा, २३ चैत । सर्वसाधरणलाई गाउँमै सेवा दिने उद्देश्यले महालक्ष्मी नगरपालिका–२ मुलखर्कमा आयोजित एकिकृत घुम्ती सिविरको पहिलो चरणबाट करिव अढाई सय जनाले सेवा लिएका छन् ।

Advertisement

महालक्ष्मी नगरपालिकाको आयोजनामा सुरु भएको शिविरमा जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको तर्फबाट २ सय ३६ जनाले सेवा लिएका हुन् ।

पहिलो चरणको शिविरमा जिल्ला प्रशासन कार्यालयबाट ५० जना पुरुष र ६१ जना महिला गरि १ सय ११ जनाले नागरिकता लिएको महालक्ष्मी नगरपालिका कार्यालयका कम्प्युटर अपरेटर रमेश बुढाथोकीले जानकारी दिए ।

त्यस्तै महिला तथा बालबालिका कार्यालयबाट १३ जना पुरुष र ८ जना महिला गरि २१ जनाले अपांगता परिचय पत्र लिएका छन । त्यस्तैगरी जिल्ला स्वास्थ्य कार्यालयको निःशुल्क स्वास्थ्य शिविरबाट ४६ जना पुरुष र ५८ जना महिला गरि १ सय ४ जनाले स्वास्थ्य परिक्षण गराएका छन ।

शिविरको दोस्रो चरण अन्र्तगत शुक्रबार र शनिबार नोबेल मेडिकल कलेज विराटनगरबाट भिडियो एक्सरे, इसीजी, ल्याबटेष्ट लगायत १५ प्रकारका सेवा प्रदान गरिने महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिएका छन् ।

बुधबारबाट सुरु भएको घुम्ती शिविर शनिवार सकिने आयोजकले जनाएको छ ।

 

यसअघि प्रकाशित समाचार…

महालक्ष्मीको मुलखर्कमा एकिकृत घुम्ती शिविर, गाउँमै सेवा पाएपछि स्थानीय हर्षित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!