उर्लाबारी, मोरङ, २६ चैत । जहदा गाउँपालिका–१ मा चट्याङ लागेर आज बिहान एक वृद्धको मृत्यु भएको छ ।

खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।

Advertisement

मृतकको छातीमा चट्याङ लागेको प्रहरीको भनाइ छ । एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरण्डीको शव फेला परेको प्रनाउ कोइरालाले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!