- संगालोखबर सम्वाददाता

विराटनगर, २६ चैत । थ्री स्टारले विराट गोल्डकपको उपाधि चुमेको छ । बिराटनगरमा सोमबार राति सम्पन्न फाईनल खेलमा त्रिभुवन आर्मीलाई ३-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

थ्री स्टारका लागि अनन्त तामाङले एक गोल गरेका थिए भने बिमल घर्ति मगरले २ गोल गर्दै जित आफ्नो पक्षमा परे । विराट गोल्डकपको पाँचौ संस्करणको फाईलनमा त्रिभुवन आर्मीको तर्फबाट एक गोल पनि हुन सकेन । पटक-पटक पाएको मौकाको सदुपयोग गर्न नसकेको आर्मीले विराट गोल्डकपमा लज्जास्पद हार ब्यहोरेको हो ।

११ वटा प्रतियोगितामा सहभागी भएकोमा सातवटाको उपाधि कब्जा गरेको आर्मी सिजनकै सर्वाधिक उपाधि जित्ने टिम हो । उसले सिजनको विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाएको छ ।

१० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले आठवटामा फाइनल पुगे पनि उपाधि भने चारवटा मात्रै जितेको छ । उसले इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि जितिसकेको छ । प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!