मोरङ, २३ चैत। मोरङ प्रहरीले मुसहर समुदायकी एक महिलालाई जबरजस्ती करणी गरी हत्या प्रयास गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बराह नगरपालिका–७ का २३ वर्षीय अजय झा छन् । उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

Advertisement

विराटनगरको एक होटलमा काम गर्ने ती महिलालाई अजयले विवाह गर्छु भनि ललाई–फकाई पटक पटक करणी गरी गर्भ बसेको थाहा पाएपछि हत्याको प्रयास गरेको दावी प्रहरीले गरेको छ ।

तीन साताअघि अभियुक्तले मोरङको भाउन्नेको जंगलमा ज्यान मार्ने उद्देश्यले पीडितलाई कुटपिट र घाँटीमा सलले कसेर अचेत अवस्थामा मिल्काई भागेको प्रहरी उपरीक्षक अरुण बिसीले जानकारी दिए ।

उपचारपछि होस खुले पनि महिलाको पेटमा रहेको सात महिनाको बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । अजयलाई ज्यान मार्ने उद्योग, जबरजस्ती करणी र गर्भपतन अन्तर्गत मुद्दा दर्ता गरेको प्रहरी जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!