संखुवासभा, २६ चैत। संखुवासभाको सल्लेरीमा ट्रयाक्टर दुर्घटना हुन पुग्दा ३ जनाको ज्यान गएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा मादी नगरपालिका – ७ बाघाका टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राईको ज्यान गएको हो । स २ त ५८०५ नम्बरको ट्रयाक्टरको डाली चैनपुर नगरापलिका– २ मा पर्ने तिखिढुङ्गाको सल्लेरी पल्टेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । प्रहरीका अनुसार तिखिढुङ्गाको सल्लेरीमा ट्रयाक्टरको डाली सडकमा घस्रेर चिप्लिन पुग्दा दुर्घटना हुन पुगेको हो ।

Advertisement

मेन्छ्याम हाइड्रोपावर प्रालिको विद्युतको खम्बा लैजान क्रममा दुर्घटना हुन पुगेको ट्रयाक्टर भीरबाट एक सय मिटर तल खसेको थियो ।

ट्रयाक्टर चालक रमेश श्रेष्ठलाई इलाका प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै चिचिला गाउँपालिका – ४ मा पनि ट्रयाक्टर चढ्ने क्रममा लडेर कृृष्णबहादुर थापाको ज्यान गएको छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!