विराटनगर, २२ चैत । मोरङको रङ्गेली–८ मा गए राति आगलागी हुँदा दुई परिवारको  ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

सो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

उक्त आगलागी विद्युत् सर्टबाट भएको बताइएको छ ।स्थानीय जनता, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!