दलितको आरोपमा विद्यालयबाट निकालेकाले भन्दै कारबाहीको माग
खोटाङ, १८ साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छिन् ।
दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेकी हुन ।
विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्य...





























