तेह्रथुमको छथर गाउँपालिकामा अब ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’

तेह्रथुमको छथर गाउँपालिकामा अब ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’

तेह्रथुम, १८ साउन । पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् । उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट उद्यान निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएक...
झापा गौरादहस्थित रतुवा खोलामा बाँध निर्माणसँगै बाढी र कटानको जोखिम घट्दै

झापा गौरादहस्थित रतुवा खोलामा बाँध निर्माणसँगै बाढी र कटानको जोखिम घट्दै

झापा, १८ साउन । झापाको गौरादह नगरपालिकास्थित रतुवा खोलामा बाँध निर्माणपछि बाढी र कटानको जोखिम पनि घट्दै गएको छ । गौरादह–५ स्थित रतुवा खोलामा आएको बाढी र कटानबाट बर्सेनि यहाँका बासिन्दा पीडित हुँदै आएका थिए । गत वर्ष १००–१०० मिटर र यस वर्ष थप १५० मिटर बाँध निर्माण भएसँगै जोखिम न्यूनीकरण हुँदै गएको बाँध निर्माण तथा संरक्षण समितिका अध्यक्ष मदन अधिकारीले बताए । “स्थानीयवासी स्वयंको सक्रियतामा बाँध...
प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ । खुम्बूवान राष्ट्रिय मोर्चा पार्टी नेपाल मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग राखेको हो । मुक्ति मोचाका केन्द्रीय सह–सचिव र...
झापामा ‘हात्ती कोरिडर’ बनाउन शुरु

झापामा ‘हात्ती कोरिडर’ बनाउन शुरु

भद्रपुर, १७ साउन । मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ । झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो । हात्ती कोरिडर बनेपछि जङ्गली हात्तीले मानव वस्तीमा पसेर पहिलेजस्तो जनधनको क्षति नपु¥याउने आशा गरिएको छ । यसबाट त्यस भेगको जैविक विविधताको संरक्षण समेत ह...
दश वर्षीया बालिकालाई करणी गर्ने पक्राउ

दश वर्षीया बालिकालाई करणी गर्ने पक्राउ

तेह्रथुम, १७ साउन । दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् । उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो । घटनाला...
प्रदेश नं १: दुई विधेयक पारित

प्रदेश नं १: दुई विधेयक पारित

विराटनगर, १६ साउन । प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ । बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्रीले उक्त वियधेक सभामा पेश गर्नुभएको थियो । जिल्ला सभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकब...
सोह्र श्रृंगारमा छपक्कै भएर आईन अञ्जु बजारमा (भिडियाे सहित)

सोह्र श्रृंगारमा छपक्कै भएर आईन अञ्जु बजारमा (भिडियाे सहित)

ईटहरी, १६ साउन । हिन्दु नेपाली नारीहरुको महान चाड तिज नजिकिए सँगै पुर्वेली लोकगायिका अञ्जु गौतमको नयाँ तिज गित “ सोह्र श्रृंगार ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गयिका गौतमको युटयुब च्यानल मार्फत सार्बजनिक भएको भिडियोमा ईटहरी र आसपासका दृश्यहरु समेटिएका छन । गीता भट्टराईको शब्द संगित र पुर्बाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको संगीत संयोजनमा रहेको सो गीतमा गायिका गौतम सवंयले अभिनय गरेकी छिन । ...
विराटनगरको भारतीय फिल्ड अफिस आजदेखि बन्द

विराटनगरको भारतीय फिल्ड अफिस आजदेखि बन्द

मोरङ, १६ साउन । सरकारको निर्णय अनुसार (बुधवार) आजबाट बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन भइरहेको भारतीय फिल्ड अफिस’ को सेवा बन्द हुने भएको छ । भारत सरकारले विराटनगरमा रहेकाे भारतीय फिल्ड अफिस हटाए सँगै यहाँबाट हुने सेवा बन्द हुने भएको हो । मिनी दूतावासको रूपमा रहँदै आएको यो कार्यालय यहाँबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको हो। भारतीय दुतावासका अनुसार आजदेखि विराटनगरस्थित फ...
धनकुटामा कांग्रेसले गर्यो बिरोध प्रदर्शन

धनकुटामा कांग्रेसले गर्यो बिरोध प्रदर्शन

धनकुटा, १५ साउन । दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबृद्धि र कर बढाईएको बिरोधमा नेपाली कांग्रेसले मंगलबार धनकुटामा बिरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले बजार क्षेत्रको परिक्रमा गरेको थियो । ¥याली बजार परिक्रमा पश्चात बसपार्कमा पुगेर बिरोध सभामा परिणत भयो । सभालाई कांग्रेस जिल्ला सभापती अग्नी प्रसाद पौडेल, सचिव बिजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, पूर्व सभापति हरीकु...
सम्बन्धनको पर्खाइमा झापाको बीएण्डसी हस्पिटल

सम्बन्धनको पर्खाइमा झापाको बीएण्डसी हस्पिटल

भद्रपुर, १५ साउन । झापाको बिर्तामोडमा चार वर्षदेखि सञ्चालित पूर्वकै सुविधासम्पन्न बीएण्डसी हस्पिटल ‘मेडिकल कलेज’को सम्बन्धन पर्खिरहेको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिले स्वास्थ्य सेवा शुरु गरेको हो । मेची अञ्चलको मुख्य व्यापारिक क...
बिराटनगरमा अनौठो घटना: मुखबाट निलेको सुनको सिक्री तीन दिनपछि दिसामा निस्कियो

बिराटनगरमा अनौठो घटना: मुखबाट निलेको सुनको सिक्री तीन दिनपछि दिसामा निस्कियो

विराटनगर, १५ साउन । सामान्यतया मानिसले खाना खाएर दिसा गर्छन् । तर, बिराटनगरमा एक ब्यक्तिले सुनको सिक्री खाएर सिक्रीनै दिसा गरेका छन् । गत शुक्रबार सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी–२ का ३१ बर्षीय सुरजकुमार नेपालले ३ दिनपछि दिसाबाट सिक्री निकालेका हुन् । नेपालले विराटनगर–९ स्थित राठी ज्वेलरीबाट सिक्री किन्ने बाहनामा नक्कली सिक्री पसलेलाई बुझाउदै सक्कली सुनको सिक्री निलेका थिए । ...
प्रदेश १ मा  बलात्कारका घटना बढ्यो

प्रदेश १ मा बलात्कारका घटना बढ्यो

विराटनगर, १५ साउन । प्रदेश १ मा बलात्कारका घटना बढेको तथ्यांकहरुले देखाएको छ । १४ जिल्ला रहेको प्रदेश १ मा दैनिक १ भन्दा बढी महिला बलात्कारको शिकार हुने गरेको तथ्य बाहिरिएको छ । प्रदेश १ प्रहरी कार्यालय, विराटनगरका अनुसार पछिल्ला तीन वर्षको १ हजार २९ जना बलात्कारको शिकार भएका छन् । बलात्कृत हुनेमा ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म छन् । बलात्कारको शिकार सबैभन्दा बढी किशोरी भएका छन् । ३...
इटहरीमा नेपाल सितेरियो कराते खेलको तालीम भवन उद्घाटन

इटहरीमा नेपाल सितेरियो कराते खेलको तालीम भवन उद्घाटन

इटहरी, १४ साउन । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आज इटहरी रङ्गशाला परिसरमा निर्माण सम्पन्न भएको नेपाल सितेरियो कराते खेलको तालीम भवनको संयुक्त रुपमा उद्घाटन गरे । इटहरीलाई प्रदेश एककै खेलकूद शहरका रुपमा विकास गर्ने राष्ट्रिय खेलकूद परिषद्को योजनाअनुसार झण्डै रु ५० लाखको लागतमा निर्माण भएको उक्त प्रशिक्षण भवनमा राष्ट्रिय र अन्...
जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई

जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई

विराटनगर, १४ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा उहाँले प्राकृतिक विपद्बाट यस क्षेत्रका जनतालाई सुुरक्षित राख्न आवश्यक स...
दुर्घटनामा पाँच विद्यार्थी घाइते

दुर्घटनामा पाँच विद्यार्थी घाइते

दमक, १४ साउन । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् । इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजुंगी–गौरीगञ्ज सडकतर्फ मोड्दा ठक्कर दिएको थियो । यसरी घाइते हुनेमा दमक–१ का १४ वर्षीया सोनिया ...
इटहरीको तालतलैया क्षेत्रमा जेटबोट सञ्चालन

इटहरीको तालतलैया क्षेत्रमा जेटबोट सञ्चालन

इटहरी, १४ साउन । इटहरी उपमहानगरपालिकाभित्रको तालतलैया क्षेत्रमा रहेको ठूलो पोखरीमा जेटबोट सञ्चालन गरिएको छ । पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैयामा एक पटकमा १० जना सवार हुन मिल्ने मोटरबोट सञ्चालनमा ल्याइएको हो । तालतलैया संरक्षण तथा विकास समितिले ८ लाख ५० हजारको लागतमा सञ्चालनमा ल्याईएको समितिले जनाएको छ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले मो...
भूटानी शरणार्थीलाई पानीको समस्या

भूटानी शरणार्थीलाई पानीको समस्या

दमक, १४ साउन । झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दोहनका कारण खोलाले खानेपानीका पाइप बगाएपछि अहिले सो सुविधाबाट वञ्चित हुनुपरेको छ । दुम्से खानेपान...
हराएको ३० वर्षपछि दाहसंस्कार

हराएको ३० वर्षपछि दाहसंस्कार

काठमाडौँ,१४ साउन ।  सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् । गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डिकाल...
रानीमा थुनुवालाई सुविधायुक्त हिरासत

रानीमा थुनुवालाई सुविधायुक्त हिरासत

विराटनगर, १३ साउन । ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा कैदीबन्दीका लागि सुबिधासम्पन्न २ कोठे हिरासतकक्ष निर्माण गरिएको छ । स्थानीयवासीको सहयोगमा ईलाका प्रहरी कार्यालय रानीले १९ लाख बराबरको लगानीमा निर्माण गरेको हिरासतकक्षको औपचारिक उद्घाटन गरी प्रयोगमा ल्याईएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले हिरासत कक्षको उद्घाटन गरेका हुन् । यसअघि २०५० सालमा निर्माण...
समृद्धिको आधार तय हुने गरीे विकास गर्नुपर्ने: मुख्यमन्त्री राई

समृद्धिको आधार तय हुने गरीे विकास गर्नुपर्ने: मुख्यमन्त्री राई

विराटनगर, १३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको आधार तयार हुने गरी विकास निर्माणको कार्य थालनी हुनुपर्ने बताएका छन् । प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय आर्थिक वर्ष २०७४/७५ को आज यहाँ आयोजित प्रगति समीक्षा बैठकमा उहाँले छोटो अवधिमा विभिन्न कठिनाइ र अभावबीच पनि सडक, पुल, भवन, रंगशाला, सिँचाइ र खानेपानी योजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गर्न सफल भए...
पूर्वमन्त्री स्व. हरिराज खेवाको सम्झनामा अक्षयकोष स्थापना

पूर्वमन्त्री स्व. हरिराज खेवाको सम्झनामा अक्षयकोष स्थापना

धनकुटा, १३ साउन । पूर्व अर्थ राज्यमन्त्री स्वर्गिय हरिराज खेवाको सम्झनामा हरिराज खेवा स्मृति प्रतिष्ठान धनकुटाले कला साहित्य पुरस्कारका लागि अक्षकोष घोषणा गरेको छ । स्व. खेवा लिम्बूको दोस्रो स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले एक लाख ११ हजार एक सय ११ रुपैंया बरावरको अक्षकोष घोषणा गरेको हो । उक्त अक्षयकोषबाट हरेक वर्ष खेवाको स्मृति दिवसको अवसरमा कला तथा साहित्य क्षेत्रमा योगदान पु¥याउने ब्यक्...
झापामा दुईवटा भन्सार कार्यालय

झापामा दुईवटा भन्सार कार्यालय

भद्रपुर, १३ साउन । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ । मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो । उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख टेकनाथ अर्यालले बताउनुभयो । उहाँले मेची पुल निर्माणसँगै भन्सार वि...
प्रदेश नं १ का सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

प्रदेश नं १ का सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

विराटनगर, १३ साउन ।  प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ । गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ । मन्त्रालयले ग्रामीण क्षेत्रका जनताको सेवालाई निरन्तरताका लागि दीर्घकालीन कार्यक्रमअन्त...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा, १२ साउन । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा शुक्रबारसाँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङले लागेर लेगुवाका करिव ३० बर्षीय भीम बहादुर राईको मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेका बेला साँझ करिव ६ बजे राईलाई चट्याङले लागेको थियो । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय केशब कुँवरले संगालोखबरलाई जानकारी दिए ।
एक नम्बर प्रदेश प्रहरीको तथ्यांक : धनकुटामा सवैभन्दा कम गुण्डागर्दी, सुनसरीमा अत्याधिक

एक नम्बर प्रदेश प्रहरीको तथ्यांक : धनकुटामा सवैभन्दा कम गुण्डागर्दी, सुनसरीमा अत्याधिक

विराटनगर, १२ साउन । एक नम्बर प्रदेशका १४ जिल्ला मध्ये धनकुटामा सवैभन्दा कम गुण्डागर्दी हुँने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको कार्ययोजनाको तथ्यांकका आधारमा सवैभन्दा कम गुण्डागर्दी हुनेमा धनकुटा देखिएको हो । एक नम्बर प्रदेशमा असार १ गतेदेखि गुण्डागर्दी बिरुद्धको तीन महिने अभियान थालेको प्रहरीले शुक्रवार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । तथ्यां...
उदयपुरको रौतापोखरी क्षेत्रलाई धार्मिक पर्यटकस्थल बनाउनका लागि बृहत् गुरुयोजना

उदयपुरको रौतापोखरी क्षेत्रलाई धार्मिक पर्यटकस्थल बनाउनका लागि बृहत् गुरुयोजना

उदयपुर, ११ साउन । जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ । रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त्रियुगा नगरपालिका गाईघाटदेखि रौतापोखरीसम्मको ३२ किलोमिटर पहाडी क्षेत्रको दूरीमा केबलकार सञ्चालनको तयारी भ...
फिल्मी शैलीमा काठ तस्करी, पाँच पक्राउ

फिल्मी शैलीमा काठ तस्करी, पाँच पक्राउ

झापा, १० साउन । झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर फिल्मी शैलीमा काठ तस्करी गरी भारत लैजाने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको काठ राखेर बुधबार राति भारततर्फ लाँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक गोकर्ण कार्कीले जानकारी दिनुभयो । प...
स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने निजी मेडिकल संघको चेतावनी

स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने निजी मेडिकल संघको चेतावनी

बिराटनगर, १० साउन । डा.गोबिन्द केसीको सर्मथनमा नेपाल चिकित्सक संघले शुक्रवारबाट देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपछि निजी मेडिकल र डेन्टल कलेजहरुले बन्दको प्रतिकार गर्ने चेतावनी दिएका छन् । एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने चेतावनी दिएको हो । एशोसिएसनका अध्यक्ष डा.सुरेश कुमार कानोडियाले बिहिबार प्रेस बि...
धनकुटाको कार्कीछापमा धारिलो हतियार प्रहार गरी हत्या

धनकुटाको कार्कीछापमा धारिलो हतियार प्रहार गरी हत्या

धनकुटा, १० साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज बिहान धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । कार्कीछापको होटल माउण्ट एभरेष्टमा कुक काम गर्ने स्थानीय १८ बर्षीय सुरज राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । होटलमा सँगै काम गर्ने सुनसरीको बराह नगरपालिका–९ चक्रघट्टीका १८ बर्षीय निशान लिम्बुले बिहान करिव १० बजे धारिलो हतियार प्रहार गरेर राईको हत्या गरेक...
अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

उर्लाबारी, मोरङ, १० साउन । तत्कातीलन नेकपा एमाले का महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको छ । गत चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको उक्त संग्रहालय चैत १८ गतेदेखि खुल्ला गरिएको छ । संग्रहालय जननेता भण्डारीको जन्मदेखि मृत्युसम्मका ...
गोठगाउँमा दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

गोठगाउँमा दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

मोरङ, १० साउन । गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज पोखरेलको संयुक्त लगानीमा सो द...
error: Content is protected !!