खोटाङको बंशिलाघाटमा झोलुङ्गे पुल सञ्चालन
खोटाङ, १२ भदौ । खोटाङको दक्षिणी क्षेत्रबाट छिमेकी जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
खोटाङको बराहापोखरी गाउँपालिका–६ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
रु एक करोड ४३ लाख लागतमा निर्माण गरिएको २३५ मिटर लम्बाइको झोलुङ्गे पुल सोमबा...




























