- संगालोखबर सम्वाददाता

धनकुटा, ६ भदौ । गएराति निधन भएका धनकुटा पाख्रीवासका समाजसेवी शुक्रवहादुर प्रधानको पार्थिव शरिरलाई आज मुलघाटमा अन्त्येष्टि गरिएको छ । कांग्रेसको सक्रिय सदस्यसमेत रहेका व्यवसायी प्रधानको पार्थिव शरिरमा पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै अन्त्येष्टि गरिएको हो ।

Advertisement

प्रधानको पार्थिव शरिरमा नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य ज्ञानवहादुर गुरुङ्ग, धनकुटा नगरसभापति रोशन श्रेष्ठ, पाख्रीवास नगर सभापति कोपिन मानन्धर, ५ नम्बरका वडाध्यक्ष धन कुमार राई लगायतले कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अन्त्येष्टि गर्नुअघि धनकुटा उद्योग बाणिज्य संघका कार्यालय प्रमुख जयन्द्र प्रधानले स्व.प्रधानको योगदान र जिवनीका वारेमा बताएका थिए ।धनकुटा उद्योग बाणिज्य संघ स्थापना गर्न र धनकुटाको उद्योग व्यवसाय सम्वद्र्धनमा प्रधानले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रधानको निधनले धनकुटा र नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको कांग्रेस जिल्ला सचिव राईले बताए ।

वि.सं १९९६ सालमा धनकुटा ५ मा जन्मिएका प्रधान श्वासप्रश्वास सम्बन्धि समस्याले पीडित थिए । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ७९ बर्षको उमेरमा प्रधानको निधन भएको हो । स्व.प्रधानका श्रीमती, चार छोरा र एक छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!