विराटनगर, ६ भदौ  ।  ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारिकमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर कारवाही गर्न आदेश गरेको छ ।

Advertisement

जिल्ला अदालत मोरङका न्यायाधीस नारयणप्रसाद शर्माले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाई सादा तारेख र र प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार धरौटिमा छोड्न आदेश दिएका थिए । तर, सोही आदेश रित पुर्वक नभएको ठहर गर्दै सरकारी बकिलको कार्यालय मोरङले अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए ।

उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजालसले मंगलबार खड्का र थापालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको अदालतको सूचना अधिकृत राजनकुमार दाहालले जानकारी दिए ।

खड्का निलम्बन डिआइजी श्याम खत्रीको सवारी चालक हुन् भने थापा बडिगार्ड हुन् । डिआइजी खत्री यसै प्रकरण मुद्दामा पुर्पक्षको लाथि झुम्का कारागारमा थुनामा छन् ।

मंगलबार चार वटा इजालमा पाँच थान मुद्दा छुटा–छुटै इजालमा बहस भएको दाहालले जानकारी दिए । सुन तस्करी र हत्या प्रकरण मुद्दामा पुर्पपक्षको लागि थुनामा रहेका हेमन्त गौतम, राजन थापा, महावीर प्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीलाई समेत जिल्ला अदालत मोरङले गरेको आदेशलाई उच्च अदालतले सदर गरेको हो । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!