संगालोखबर सम्वाददाता

धनकुटा, ८ भदौ । धनकुटा बजारको चुवाको बोट चौकमा आज बिहान मोटरसाईकलको ठक्करबाट एक बृद्धा गम्भीर घाईते भएकी छन् ।

Advertisement

चुवाको बोट चौक नजिकै रहेको एनआइसी एसीया बैंक अगाडी मोटरसाइकलले ठक्करदिंदा पैदलयात्री चौबिसे गाउँपालिका–४ की ६१ बर्षीया पूर्णमाया भण्डारी गम्भीर घाईते भएकी हुन् ।

परिचयमोड तिरबाट बसपार्कतर्फ जांदै गरेको को.२२ प.४८७५ नम्बरको मोटरसाईकलले बाटो काट्दै गर्दा वद्धालाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी भण्डारीको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल र चालक चौबिसे गाउँपालिका ५ का खेमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक बस्नेत धनकुटाका नगर प्रहरीसमेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!