- पदम राई/संगालोखबर

साँगुरीगढी, ८ भदौ । धनकुटाको साँगुरीगढी पाउँपालिकाको भेडेटारदेखि महाभारत ढुंगेसम्मको ग्रामिण सडक कालोपत्रे गर्न काम सुरु गरिएको छ ।

Advertisement

राष्ट्रिय पुननिर्माण प्राधिकरणको १६ करोड २७ लाख ९१ हजारको लागतमा भेडेटारदेखि ढुङ्गेसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्न काम सुरु गरिएको निर्माण ब्यवसायी गोपालसिंह गिरीले जानकारी दिए ।

उक्त सडक कालोपत्रे गर्न केरेभेन कन्ट्रक्सन कम्पनीले जिम्मा लिएको छ । भेडेटार–महाभारत–आहाले हुँदै वराहक्षेत्र जोड्ने सडकको सो खण्ड डेढ बर्षभित्र कालोपत्रे गरिसक्ने गरी काम सुरु गरिएको सव ईन्जिनियर सुवेककुमार महतोले बताए ।

गाउँमै पहिलो पटक सडक कालोपत्रे गर्न लागिएको हो । गाउँको सडक पिच हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । सडक कालोपत्रे भएपछि नियमित बस सेवा सञ्चालन गर्ने स्थानीयको योजना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!