यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान
इलाम, २१ भदौ । सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ ।
मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो ।
पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय ...





























