काठमाडौं, ६ भदौ । आफ्नै छोरीको हत्या गरेको आरोपमा झापा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

Advertisement

कुटपिट गरी ८ वर्षीया छोरी सफलताको हत्या गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ सुब्बा चोककी २७ वर्षीया हेमन्ता कुरुम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

स्कुल जाने बेलामा कपाल कोर्न नमानेपछि हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गरेकी थिइन् । आमाको कुटाइबाट गम्भीर भएकी सफलताको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिउको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!