- संगालोखबर सम्वाददाता

धनकुटा, ७ भदौ । कर बृद्धिको निर्णय फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसले बिहिबार चौबिसे र साँगुरीगढी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

Advertisement

अवैज्ञानिक रुपमा अत्याधिक मात्रामा कर बढाईएको भन्दै कांग्रेसले सो निर्णय फिर्ता लिन मागसहित ज्ञापनपत्र बुझाएको हो ।

कांग्रेस सचिव बिजय सन्तोषी राईको नेतृत्वमा गएको टोलीले चौविसे गाउँपालिकाका प्रमुख खजिन्द्र राई र साँगुरीगढी गाउँपालिकाका राजश्व परार्मश समिति संयोजक तथा उपाध्यक्ष बिन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ ।

कर बृद्धिको निर्णय फिर्ता गराउँनका लागि जिल्लाब्यापी अभियान सञ्चालन गरिएको कांग्रेस सचिव राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!