संगालोखबर संवाददाता

इटहरी, १० भदौ । सुनसरीमा गए राती एक किशोरीमाथि बलात्कार भएको आशंका गरिएको छ । इनरुवा ६ स्थित मधेसामा अन्दाजी १८–१९ बर्षिय किशोरी अचेत अबस्थामा फेला परेकी थिइन । उनलाई पूर्व पश्चिम राजमार्ग छेउमा गए राती ९ बजे अचेत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

Advertisement

ति किशोरी नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला परी उपचारको लागी बिराटनगर तत्कालै लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिए ।

‘हामीले उनलाई अचेत अबस्थामा फेला पारी उपचारको लागी पठाएका छौ,’ अधिकारीले भने ‘मेडिकल रिर्पाेट आएपछि मात्र पूर्ण बिवरण दिन्छौ’ । अचेत अवस्थामा भेटिएकी किशोरीको कपडा भने केही मिटर वर फेला परेको छ । कपडा च्यातिएको अबस्थामा भेटिएको स्थानिय रमेश कार्कीले जानकारी दिए । कार्कीका अनुसार उनको जबरजस्र्ती बलात्कार भएको दाबी गरे ।

एता प्रहरीले मधेसा आसपासबाट तिनजनालाई पक्राउ गरेको छ । ति युवाहरु स्थानिय भएको बताइएको छ । घटनाको बिषयमा अनुसन्धान गर्न उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक अधिकारीले बताए । किशोरीको अहिलेसम्म पहिचान खुल्न नसकेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले जानकारी दिए ।

घटनाको बिषयमा गहिरो अनुसन्धान भइरहेको कारण सबै कुरा जानकारी दिन नमिल्ने प्रहरी उपरिक्षक अधिकारीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement