संगालोखबर संवाददाता

इलाम, ९ भदौ । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो ।

Advertisement

इलाम नगरपालिका र नेपाल सरकारको रु नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।
भवनमा ९२ सटर, दुई लिफ्ट र चौथो तलामा स्टिलको ट्रस बनाएर त्यसमा तरकारी तथा मासु पसल राखिने नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले बताउनुभयो । भवन निर्माणका लागि निर्माणस्थलमा रहेका कपडा र तरकारी पसल हटाइसकिएको छ ।

नगर प्रमुख महेश बस्नेतले शुक्रवार शिलान्यान गर्नुभएको सो भवन आगामी ०७६ चैत ३० सम्ममा निर्माण भइसक्ने लक्ष्य लिइएको छ । निर्माणको जिम्मा विकोइ भगवती जेभीले लिएको छ ।

हरितनगर र सफा शहरका लागि व्यापारिक प्रयोजनको यो भवनको निर्माणले थप सहयोग पु¥याउने अपेक्षा लिइएको छ । इलामलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न यो आधुनिक भवनले सहयोग पु¥याउने बताइएको छ ।`

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement