- प्रेम देवान/संगालोखबर

विराटनगर, १० भदौ । केहि दिन अघि बिराटनगरमा भएको सुरक्षा गार्डको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । विराटनगरस्थित विक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड ५० बर्षीय टंकप्रसाद भट्टराईको गत भदौ २ गते बिभत्स तरिकाले हत्या भएको थियो ।

Advertisement

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर–४ जामुनगाछीका २६ वर्षीय सञ्जय सहनीलाई आइतबार विराटनगर–१५ रानी ढाटबाट पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पसलमा रहेको सीसी टिभी फुटेजका आधारमा हत्यामा संलग्नको पहिचान गरी पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए । उनका अनुसार आपसी विवादका कारण भट्टराईको हत्या भएको हो । भदौ ३ गते बिहान १० बजे हार्डवेयरभित्र मृत अवस्थामा भट्टराईको शव फेला परेको थियो ।

सहनीले सुरक्षागार्ड भट्टराईलाई रड प्रहार गरेर हत्या गरेको प्रहरीले जनाइएको छ । लागूपदार्थसमेत सेवन गर्ने सहनी ठेला चलाउँदै आएका थिए । हार्डवेयरमा पनि पटक–पटक सामान ओसार्न आउने गर्थे ।

‘आपसी विवादकै कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।’ एसपी केसीले भने, ‘सहनीबिरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!