विश्वकप छनोट : नेपालले आज अफगानिस्तानको सामना गर्ने
काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप छनोटका लागि जिम्बाब्वे भ्रमणमा शनिबार (अाज) अफगानिस्तानविरुद्ध प्रतियोगिताको तेस्रो खेल खेल्दा सुपर सिक्सको प्रारम्भिक लक्ष्य हासिल गर्ने झिनो आशा कायम राख्न पनि नेपाली राष्ट्रिय टोलीसामू जितको विकल्प हुने छैन।
प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तान अहिलेसम्म अंक बिहिन छन्। छनोट प्रतियोगिता सुरू हुनुअघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव...




























