नयाँ पत्रिका

काठमाडौं, २४ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले १५० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले ४७.४ ओभर खेल्दै सबै विकेटको क्षतिमा १४९ रन बनाएको हो ।

जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा भएको खेलमा नेपाल स्कटिस बलरको सामु निरिह देखियो । नेपालले सुरुवातमै ओपनर ज्ञानेन्द्र मल्ललाई एक रनमा गुमाएको थियो । दोस्रो ओभरको पहिलो बलमा ज्ञानेन्द्र मल्ललार्ई गुमाएको नेपालले तेस्रो ओभरमा अर्का ओपनर दिलिप नाथलाई गुमायो । नाथले १२ बलको सामना गर्दै एउटा चौका प्रहार गरे । त्यस्तै पाँचौ ओभरको पहिलो बलमा ह्विटिंगमले नै दिपेन्द्रसिंह ऐरीलाई एलबीडब्ल्यू आउट गरे । उनी पनि एक रनमै आउट भए ।

Advertisement

त्यस्तै शरद भेषावकरलाई नेपालले चौथो विकेटका रुपमा गुमायो । शरद शून्य रनमा आउट भएका थिए भने १० रन बनाउँदै पाचौँ विकेटमा आरिफ शेख आउट भए ।  सोमपाल कामीले पनि ५४ बलमा १८ रन मात्र जोड्न सके भने पारस खड्काले ७५ रनमा ६३ रन बनाउन सफल भए । यद्यपी अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन भने सकेनन् । पारस आउट भएपछि नेपालको रन गतिमा ब्रेक लागेको थियो । रोहित पौडेल १५ रन बनाए भने बसन्त रेग्मी २४ रनमा नटअाउट रहे ।

यही फागुन २० गते भएको पहिलो खेलमा नेपालले आयोजक टोली जिम्बावेसँग ११६ रनको हार बेहोरेको थियो । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्ड दुवै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने अंकविहीन रहेको नेपाल पुछारमा छ ।

स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । यो स्कटल्याण्डको तेस्रो खेल हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!