संगालोखबर सम्वाददाता

धनकुटा, २२ फागुन । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा चन्द्र लिम्वुको अध्यक्षतामा १५ सदस्यीय गाउँ खेलकुद विकास समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा पदम श्रेष्ठ र गंगा बाजिम्पाक, सचिवमा दिवेश खड्का, सह–सचिवमा पृथ्वीराज लिम्वु र कोषाध्यक्षमा टिका लिम्बु चयन भएका छन् । सदस्यहरुमा बिमला थापा, बिजयप्रकाश लिम्बु, प्रकाश कटुवाल, चन्द्र सारुमगर, मिना ओझा, पुनम मगर, श्रीदेवी लिम्बु, गणेश लिम्बु र सिताराम लिम्बु चयन भएका छन् ।

Advertisement

गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्बुको अध्यक्षतामा वसेको वैठकले समिति गठन गरेको हो । नव गठित समितिले गाउँपालिकाको पहिलो वार्षिक उत्सवको अवसर पारेर फागुन २६ र २७ गते वडा स्तरीय रनिङ भलिबल प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार, मेडल र प्रमाण पत्र प्रदान गरिने गाउँ खेलकुद विकास समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!