काठमाडौं, २४ फागुन । विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललाई सुरुवातमा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाएको छ ।
नेपालले पाँचौ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको हो । शेखले जम्मा दुई रन जोड्न सफल भए । उनलाई रिची बेरिंगटनको बलमा एम क्रसले क्याचआउट गराएका हुन् ।
सुरुवातमै नेपालले ओपनर ज्ञानेन्द्र मल्ललाई एक रनमा गुमाएको थियो । दोस्रो ओभरको पहिलो बलमा ज्ञानेन्द्र मल्ललार्ई गुमाएको नेपालले तेस्रो ओभरमा अर्का ओपनर दिलिप नाथलाई गुमायो ।
नाथले १२ बलको समाना गर्दै एउटा चौका प्रहार गरे । त्यस्तै पाँचौ ओभरको पहिलो बलमा ह्विटिंगमले नै दिपेन्द्रसिंह ऐरीलाई एलबीडब्ल्यू आउट गरे । उनी पनि एक रनमै आउट भए ।
त्यस्तै शरद भेषावकरलाई नेपालले चौथो विकेटका रुपमा गुमाएको छ । उनी पनि ह्विटिंगमको नै शिकार भए । उनले अहिलेसम्म नेपालको तीन विकेट लिइसकेका छन् ।
१० ओभरको समाप्तिमा नेपालले पाँच विकेट गुमाएर ४४ रन बनाएको छ । अहिले क्रिजमा कप्तान पारस खड्का र सोमपाल कामी रहेका छन् । बलियो ब्याटिङ पंति भएको स्कटल्यान्डलाई चुनौति दिन नेपालले २०० रन कटाउनैपर्ने हुन्छ ।