बुटवल, ३ चैत ।  बुटवलमा सञ्चालित २० औँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले हात पारेको छ ।

बुटवलस्थित एन्फा एकेडेमी फुटबल मैदानमा आज भएको अन्तिम खेलमा चार पटकसम्म तिलोत्तमा गोल्डकपको उपाधि जितेको विभागीय टोली नेपाल प्रहरीलाई २–० ले पराजित गर्दै थ्रीस्टार उपाधि जितेको हो । थ्री स्टारले उपाधिसँगै रु सात लाख ७७ हजार ७७७ नगद पुरस्कार प्राप्त गरेको छ ।

Advertisement

उपविजेतामा चित्त बुझाउन बाध्य नेपाल प्रहरीले रु चार लाख ४४ हजार ४४४ नगद प्राप्त गरेको छ ।

आजको खेलको ६६औँ मिनेटमा आत्मघाती गोल गरेर नेपाल प्रहरीका रविन श्रेष्ठले थ्री स्टारको खाता खोलिदिएका थिए भने ७९औँ मिनेटमा निराजन खड्काले गोल गरेपछि थ्री स्टारले उपाधि पक्का गरेको हो । नेपाल प्रहरीले निकै राम्रो खेल प्रदर्शन गरे पनि गोल भने गर्न सकेन । नेपाल प्रहरीको पराजयले पहिलो पटक थ्री स्टारले तिलोत्तमाको उपाधि प्राप्त गर्न सकेको हो ।


प्रतियोगितामा थ्री स्टारका निराजन खड्का उत्कृष्ट खेलाडी हुनुभएको छ । उहाँले एउटा स्कुटी प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाल प्रहरीका मेघराज केसी उत्कृष्ट कोच, रेजिन सुब्बाले उत्कृष्ट स्टाइगर, भोला सिलवालले उत्कृष्ट मिडफिल्डरको उपाधि र थ्री स्टारका एलन न्यौपानेले उत्कृष्ट गोलकिपर र लाली रुपन्देही ११ का पूर्णबहादुर श्रेष्ठ उत्कृष्ट डिफेन्स घोषित हुनुभयो । उत्कृष्ट पाँचै खेलाडीले रु २२ हजार २२२ नगद पुरस्कार प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख तथा तिलोत्तमा गोल्डकपका प्रमुख संरक्षक शिवराज सुवेदी, एन्फा रुपन्देही अध्यक्ष दीर्घबहादुर केसी (कुमार), रुपन्देही खेलकूद विकास समितिका अध्यक्ष योग गुरुङ, मुख्य प्रायोजक यशोदा फुडका सञ्चालक नरीश्वर शर्मा पौडेललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!