आज हुने नेपाल र नामिबियाबीचको क्रिकेट प्रत्यक्ष प्रशारण हुने

आज हुने नेपाल र नामिबियाबीचको क्रिकेट प्रत्यक्ष प्रशारण हुने

विराटनगर, २५  माघ । बिहीबार नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन–टु अन्तर्गत पहिलो खेल नामिबियासँग खेल्दैछ । नेपाली टोली केही दिनअघि नै नामिबिया पुगिसकेको छ । आज हुने उक्त खेल प्रत्यक्ष रूपमा हेर्न पाइने भएको छ । नामिबिया क्रिकेटले नेपाल र नामिबियाबीचको उक्त खेल प्रत्यक्ष प्रशारण गर्ने भएको हो । नामिबिया क्रिकेटले बुधबार आफ्नो आधिकारिक फेसबुकमार्फत् खेल प्रत्यक्षण प्रशारण हुने जनाएको हो । त...
आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२: भोली नेपाल र नामिबिया भिड्ने

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२: भोली नेपाल र नामिबिया भिड्ने

काठमाडौं, माघ २४ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत भोली नेपालले पहिलो खेल नामिबियासँग हुने भएको छ । दिउसो १ बजे देखि शुरु हुने खेलका लागि नेपालको सबै तयारी पुरा भएको छ । नेपालले विश्वकप छनौटका लागि डिभिजन–२ को शीर्ष दुई स्थानमा रहन अनिवार्य छ । आयोजक नामिबिया पनि बलियो टिमका रुपमा रहेको छ । नेपाल पहिलो खेल जितेर सुखद शुरुआत गर्ने तयारीमा छ । डिभिजन-२ का लागि नेपालले यूएईमा तयारी गरे...
बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोली देखी शुरु हुने

बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोली देखी शुरु हुने

धरान, १९ माघ । मोफसलको सबै भन्दा पुराने गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोली देखी शुरु हुदैछ । शनिवारबाट हुने खेलका सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले बताएका छ । आयोजकले धरान रंगशालामै पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको हो । विगतमा धरान १७ एन्फा एकाडढेमीको खेल मैदानमा हुदै आएको सो प्रतियोगिता रंगशाला निर्मााण सम्पन्न भएसंगै ६बर्ष...
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

जितपुर, कपिलवस्तु, १९ माघ ।  कपिलवस्तुमा अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती (दंगल) प्रतियोगिताको...
आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

पोखरा, १८ माघ । पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको थियो । आजको खेलमा पुलिसका सुमन लामाले ...
अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा हुने

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा हुने

काठमाडौँ, १८ माघ । अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, ची...
प्रिमियर लिग फुटबल: म्यानचेस्टर सिटीको शानदार जीत, युनाइटेड र चेल्सी पराजित

प्रिमियर लिग फुटबल: म्यानचेस्टर सिटीको शानदार जीत, युनाइटेड र चेल्सी पराजित

लण्डन, १८ माघ ।  इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लिगमा १५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । लिग  अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । सिटीको जितमा खेलको १९ औं मिनेटमा फर्नान्डीनो, ६८ औं मिनेटमा केभिन डे ब्रुयन र ८९ औं मिनेटमा सर्जियो अग्युइरोले गोल गरेका थिए । जितपछि शिर्ष स्थानको सिटीको २५ खेलबाट ६८ अंक भएको छ। त्यस्तै रातिनै भएको अ...
आहा रारा गोल्डकप: पुलिसद्वारा मनाङ ३–१ ले पराजित

आहा रारा गोल्डकप: पुलिसद्वारा मनाङ ३–१ ले पराजित

पोखरा १६  माघ । नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार (आज) भएको अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले अघिल्लो चरणको यात्रा तय गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तुलनात्मक रुपमा कमजोर मानिएको पुलिसको युवा टोलीले सबैलाई चकित पार्दै मनाङलाई ...
बार्सिलोनाको जितमा मेसी नायक

बार्सिलोनाको जितमा मेसी नायक

मड्रिड ,१६ माघ । लियोनेल मेसीले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि फिलिप कौटिन्होले बार्सिलोनाको पहिलो रोजाईमा खेलेको दिन आल्भेसमाथि २–१ को जित हासिल गर्दै टोलीले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जोन ग्विडेटीले गोल गरेपछि भ्रमणकारी आल्भेसले २३औं मिनेटमा अग्रता लिएको थियो । तर आन्द्रियास इनियस्टाको क्रसलाई सुन्दर भली...
भलिबलमा नेपालद्वारा हङकङ पराजित

भलिबलमा नेपालद्वारा हङकङ पराजित

काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ। हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र १७–१५ अंकले हराएको हो। नेपाली भलिबल टोली मैत्रीपूर्ण खेल खेल्न बुधबार हङकङ गएको हो । इमबहादुर रानामगरको कप्तानीमा रहेको नेपाली टोलीले सोमबार अर्को मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली टोलीले मकाउको राष्ट...
आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

  काठमाडौँ, १४ माघ। राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा परेका छन् । नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् । आइपिएलको ११औँ संस्करणका लागि उनलाई दिल्ली डेयर डेभिल्सले आज भारतीय रुपैयाँ २० दिएको छ । सत्र वर्षीय लामिछानेले अब आइपिएलमा नयाँ दिल्लीका लागि खेल्नेछन् । त्यस्तै राष्ट्रिय फुटबल ट...
आहा रारा गोल्डकप: त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै

आहा रारा गोल्डकप: त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै

पोखरा, १४ माघ। पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रौ क्वाटरफाइनलमा आइतबार (आज) त्रिभुवन आर्मी बिरुद्ध धरान फुटबल क्लब भिड्दैछन। खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ। भारतको सिक्किम युनाइटेडलाई ३–० ले पराजित गर्दै धरान फुटबल क्लब र वाई पाएर त्रिभुवन आर्मी क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। आर्मीले यो सिजन उत्कृष्ठ प्रदर्शन गर्दै आएको छ । यद्यपी शनिबार ...
प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता शुरु

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता शुरु

काठमाडौँ, १३ माघ । प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता २०७४ आजदेखि शुरु भएको छ । यही माघ १५ गतेसम्म नेपालको तेक्वान्दो खेलकै इतिहासमा पहिलोपटक विद्यालयस्तरमा अध्ययनरत छात्रा विद्यार्थीको तौल समूहका निम्ति मात्र आयोजना गरिएको प्रतियोगिता हो । विद्यालयमा अध्ययनरत छात्रा तेक्वान्दो खेलाडीमात्र सहभागी गराई सञ्चालन गर्न लागिएको पहिलो प्रतियोगिता सैनिक श्रीमती संघकी अध्य...
मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई

मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई

इटहरी, १३ माघ। मनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । मदन भण्डारी फाउण्डेशनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले ३७ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए । निकै ...
उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

इटहरी, १२ माघ।  यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही मुताविकको तयारीलाई तीव्रता दिइरहेको थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जानकारी दिनुभयो । थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइ...
क्यान निलम्बन फुकुवाको विषयमा अन्तिम उपाय खोजिँदै

क्यान निलम्बन फुकुवाको विषयमा अन्तिम उपाय खोजिँदै

काठमाडौं, १२ माघ। नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवाको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टोली नेपाल आउँदै छ । निलम्बन फुकुवाको विषयमा सबैलाई मान्य हुने अन्तिम उपायको खोजी भइरहेको छ । यो विषयमा छलफल गर्न आईसीसीको टोली यही साता नेपाल आउँदै छ । उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले आईसीसीले यस अघि गठन गरेको सल्लाहकार समूहका सदस्यहरु, क्य...
खड्काको कप्तानीमा नेपाली टोली घोषणा

खड्काको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ, ११ माघ। अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । आज घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दीलिप नाथ, ललितसिंह भण्डारी, अनिलकुमार शाह, रोह...
मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि

मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि

बागलुङ, ११ माघ। यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ । प्रतियोगिताको व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । उहाँका अनुसार प्...
मनाङ मस्र्याङ्दी र गरिफा स्पोर्टिङ भिड्दै

मनाङ मस्र्याङ्दी र गरिफा स्पोर्टिङ भिड्दै

इटहरी, ११ माघ। सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा विहिबार (आज) मनाङ मस्र्याङ्दी र भारत कोलकत्ताको गरिफा स्पोर्टिङ क्लब भिड्दैछन। खेल दिउँसो २ः३० बजे पछि इटहरीमा रंगशालामा सुरु हुनेछ। आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० ले पराजित गर्दै गरिफा र झापा–११ लाई ४–३ ले हराउँदै मनाङ...
डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

काठमाडौँ, १० माघ।  दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको हो । धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म चल्ने उक्त प्रतियोगितामा महेन्द्रनगर ...
विश्वकप ट्रफीको अन्तर्राष्ट्रिय भ्रमण सुरु

विश्वकप ट्रफीको अन्तर्राष्ट्रिय भ्रमण सुरु

कोलम्बो, १० माघ। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमेसिंगेले अनावरण गरेसँगै बुधबार कोलम्बोबाट यसै वर्ष रुसमा हुने फिफा विश्वकप ट्रफीको अन्तर्राष्ट्रिय भ्रमण औपचारिक रुपमा सुरु भएको छ। विश्वकपअघि संसारभर फुटबलको लोकप्रियता बढाउँदै विश्वकपप्रति चासो जगाउने उदेश्यमा गरिएको टुरअन्तर्गत यसपाली ट्रफीले ५१ देशको भ्रम्ण गर्नेछ। सेप्टेम्बर ९ मा मस्कोबाट सुरु गरिएको टुरअन्तर्गत २०१७ भित्रमा ट्रफीले ...
आहा रारा गोल्डकप: आयोजकलाई ३-० ले हराउँदै सुदूरपश्चिमको विजयी शुरुवात

आहा रारा गोल्डकप: आयोजकलाई ३-० ले हराउँदै सुदूरपश्चिमको विजयी शुरुवात

पोखरा, ९ माघ । आयोजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा रारा गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ । आज भएको प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका लागि धनबहादुर थापाले खेलको २५ औं मिनेटमा गोल गर्नुभएको थियो । त्यस्तै खेलको ७८ औँ मिनेटमा सुदूरपश्चिमका मनिराम चौधरीले गोल गर्दै अन्तरलाई दोब्बर बनाउनुभएको थियो । खेलको थप समयमा सुदूरपश्चिमकै राकेश हमालले गोल गर्दै विजय सु...
त्रिभुवन आर्मी सेमिफाइनलमा

त्रिभुवन आर्मी सेमिफाइनलमा

इटहरी, ९ माघ। त्रिभुवन आर्मी क्लब सोमबार पाहुना टोली ड्रुक युनाइटेड भुटानलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अब आर्मीको बुधबार थ्रीस्टारसँग पहिलो सेमिफाइनल भेट हुनेछ । दोस्रो सेमिफाइनलका लागि मनाङ मस्र्याङदीले मंगलबार आफ्नो प्रतिद्वन्द्वी पाउने छ । आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ क्लब कोलकोताबीच ...
राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

विराटनगर, ९ माघ। विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, ...
भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौँ ८ माघ। अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ । विस २०३३ मा स्थापना भई पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट नौ महिना अगाडि मात्र राष्ट्रिय खेल मान्यता पाएको भलिबलमा समर्पितलाई पुरुष र महिला गरी आठ विधामा सम्मान गरिएको हो । राष्ट्रिय खेल घोषणा भएपछि भलिबलको इतिहासमा पहिलो पटक आयोजना गरिएको कार्य...
सुरुमा पछि परेको रियल मड्रिडले गर्‍यो ७ गोल

सुरुमा पछि परेको रियल मड्रिडले गर्‍यो ७ गोल

काठमाडौं, ८ माघ। ला लिगाको यस सिजनमा उपाधि होडमा निरन्तर पछाडि परिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आइतबारको खेलमा यस सिजनकै सानदार जित निकाल्न सफल भएको छ। रोनाल्डो, बेल र नाचाको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले डिपोर्टिभो डी ला कोरुनामाथि ७-१ को जित निकाल्न सफल भयो रियल मड्रिडको होम गाउण्डमा भएको खेलमा अग्रता भने डिपोर्टिभोले बनाएको थियो। २३ औ मिनेटमा अड्रिन लोपेजको गोलबाट खेलमा अग्र...
खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० देखि

खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ, ७ माघ। खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विनयविक्रम थापाले जानकारी दिनुभयो । इएनटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्र...
मध्यमाञ्चललाई छैठौ राष्ट्रिय तेक्वान्दोकोे उपाधि

मध्यमाञ्चललाई छैठौ राष्ट्रिय तेक्वान्दोकोे उपाधि

धनकुटा, ६ माघ । मध्यमाञ्चलले राखेप च्याम्पियनसीप अन्तरगतको छैटौ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पहिलो स्थान हात पारेको छ । धनकुटाको हिलेमा शनिवार सम्पन्न प्रतियोगितामा मध्यमाञ्चलले १२ स्वर्ण, ३ रजत र ४ काश्य पदक हात पा¥यो । यसैगरी दोश्रो भएको पश्चिमाञ्चलले ५ स्वर्ण, ४ रजत र ६ काश्य पदक हात पारेको छ । तेश्रो भएको पूर्वाञ्चलले तीन स्वर्ण, ८ रजत तथा ६ काश्य पदक हात पा¥यो । दोश्रो दिन भएको क्योरोग...
थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार सेमिफाइनलमा

इटहरी, ६ माघ। इटहरी रङ्गशालामा भएको मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलअन्तर्गत आज भएको खेलमा रुस्लान थ्री स्टार क्लब काठमाडौँ विजयी भएको छ । थ्री स्टारले सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । थ्री स्टारका लागि दुवै गोल अजयी मार्टिनले गरेका थिए । थ्री स्टारकै पिटर सेमनले आत्माघाती गोल गरेका थिए । आत्माघाती गोल गरेपछ...
राष्ट्रपति भण्डारीद्वारा फुटबल खेल उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा फुटबल खेल उद्घाटन

इटहरी, ६ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर देशको छवि र समृद्धिको शिखर उचाइमा पु¥याउनका लागि खेल जगत्ले महत्वपूर्ण योगदान पु¥याउने भएकाले यस क्षेत्रप्रति राज्य अतिसंवेदनशील भएर अघि बढ्न जरुरी रहेको कुरामा सवैको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रपति भण्डारीले इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजन र मदन भण्डारी प्रतिष्ठानको सहयोगमा ...
तेह्रौँ राष्ट्रिय उसु प्रतियोगिता प्रारम्भ

तेह्रौँ राष्ट्रिय उसु प्रतियोगिता प्रारम्भ

इटहरी, ५ माघ । सुनसरीको इटहरीस्थित रंगशालाको तेक्वान्दो एकेडेमी कबर्ड हलमा राखेप च्याम्पियनसिप तेह्रौँ राष्ट्रिय उसु खेल प्रतियोगिता २०७४ प्रारम्भ भएको छ । नेपालका पहिलेका पाँच विकास क्षेत्र र तीन विभागीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका आर्मी गरी आठ टोलीका विभिन्न तौल समूहका ११० पुरुष र ७१ महिला खेलाडीको सहभागिता छ । उक्त राष्ट्रिय प्रतियोगिताअन्तर्गत सान्छौ खेलको पुरुषतर्फका ...
error: Content is protected !!