एशियन कप छनोट नेपाल र यमन भिड्ने
काठमाडौँ, १२ चैत । एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि प्रतिद्वन्द्वी यमनको टोलीसंग सामना गर्ने भएको छ ।
कतारको दोहास्थित सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिगमा नेपालले विजय लक्ष्यका साथ यमनको सामना गर्नेछ । समूह ‘एफ’मा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको छ । नेपालको लागि उक्त खेल प्रतिष्ठाका लागिमात्र हुनेछ ।
यसअघ...





























