मंगलबारे, इलाम, ४ चैत । इलामको करफोकमा जारी प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका, झापाले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३–० गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

निर्धारित समयमा दुवैतर्फबाट तीन/तीन गोल गर्दै बराबरी गरेपछि ट्राइवेकरका आधारमा नतिजा लिइएको हो । उपाधिसँगै मेचीनगरले रु एकलाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यस्तै, द्धितीय भएको सूर्योदय नगरपालिकाले रु ७५ हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

इलाम, पाँचथर र झापाका ११ वटा नगरपालिकाका टिमको सहभागिता रहेको प्रतियोगिता सूर्योदय नगरपालिका–१० स्थित करफोक खेलमैदानमा सञ्चालन भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!